नेपाल भारतको सांस्कृतिक सम्वन्धलाई मजबुत बनाउने उद्देश्यका साथ लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार हुने

रुपन्देही खबर , ४२  पटक हेरिएको

भैरहवा, असोज ३

बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय स्तरको विशाल सेमिनार आयोजना हुने भएको छ ।भगवान गौतमबुद्धको उपदेश र सन्देश मार्फत विश्व समुदायमा शान्ति र समृद्धिलाई बढावा दिदै नेपाल भारतको सांस्कृतिक सम्वन्धलाई मजबुद बनाउने उद्देश्यले लुम्बिनीमा एकदिने सेमिनारको आयोजना हुन लागेको आयोजक संस्था शुन्यति ईन्टरनेश्चनल फाउण्डेशन ( एसआईएफ) का सदस्य विजय कुमारले जानकारी दिनु भएको छ ।

आयोजक समितका सदस्य समेत रहनु भएको विजय कुमारका अनुसार २१ सेप्टेम्बर २०२४ अर्थात असोजको ५ गते शनिबारका दिन भव्य शान्ति समारोहको आयोजना गरिदैछ ।

कार्यक्रममा नेपाल र भारतबाट गरी करीब ६ हजार बुद्धका अनुयायीहरु उपस्थित हुनेछन् भने सो कार्यक्रमको विश्वका ४० बढी देशमा प्रत्यक्ष प्रशारण गरिने आयोजक संस्थाले जनाएको छ । संस्थाले विश्वभर मानव जातिको शान्ति र समृद्धिको कामना सहित बुद्धको उपदेशलाई संसारभर फैलाउनका लागि पहल गर्दै आईरहेको छ ।
मानव जातिका महान शिक्षक भगवान गौतमबुद्धको महिमा बढाउनका लागि बुद्धप्रति समर्पित हुन सो अभियान थालिएको संस्थाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : ००:५९:५८ , २ महिना अगाडि