दलित सेवा संघ रुपन्देहीद्धारा बेथरीमा खबरदारी कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , ६०  पटक हेरिएको

भैरहवा, असोज ३

देशमा भैरहेको दलित आन्दोलनको एक्यबद्धता जनाउदै दलित सेवा संघ रुपन्देहीले आज बिहीबार एक कार्यक्रमका बिच मायादेवी ६ बेथरीमा खबरदारी कार्यक्रम सम्पन्न गरेको छ । दलित सेवा संघ रुपन्देहीका अध्यक्ष रामसुभग हरिजनको अध्यक्षता तथा दलित सेवा संघका केन्द्रिय उपाध्यक्ष किस्मत बि.क. को प्रमुख आतिथ्यतामा खबरदारी कार्यक्रम सम्पन्न भएको हो ।

सम्पुर्ण दलितहरु एक होऔं भन्ने नाराका साथ नेपालको संबिधान २०७२ को धारा २४ र ४० मा भएको यथाशिघ्र लागु गर , दलित अभियन्ता खगेन्द्र सुनारको दलितलाई खै भन्ने सुत्रिय माग पुरा गर भन्दै भन्दै सहभागीहरुले नाराका साथ खबरदारी कार्यक्रम गरेका हुन ।

कार्यक्रममा बोल्दै दलित सेवा संघका केन्द्रिय उपाध्यक्ष किस्मत बि.क.ले राज्यका सबै निकायमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउनु भएको छ । उहाले संघदेखि प्रदेश र स्थानीय तहसम्मका दलितको प्रतिनिधित्व शून्यजस्तै भएको बताउदै संविधानले ग्यारेन्टी गरेको आरक्षण, समानुपातिक समावेशी व्यवस्था कार्यान्वयन तथा दलितका संवैधानिक हक कार्यान्वयनका लागि तत्काल कानुन निर्माण गर्नुपर्ने, र प्रत्यक्ष निर्वाचनमा १२.८ प्रतिशत दलित अनिवार्य हुनुपर्ने आफुहरुको माग रहेको बताउनु भयो ।
कार्यक्रममा चमार युवा मंच नवलपरासीका अध्यक्ष संजय कुमार गौतम, झिनकराज चमार, पंचम पासी, बिनोद पासवान लगायतले बोल्दै दलित एकता आवश्यक भएको बताउनु भएको थियो । संबिधानमा दलितका थुप्रै हक अधिकार भए पनि त्यसको कार्यान्वयन नभएको गुनासो गर्दै दलितले अब आफनो हकअधिकारको लागी बाटोमा उत्रनु पर्नेमा जोड दिएका थिए ।

दलित सेवा संघ रुपन्देहीका सचिव अमरजित हरिजनले संचालन गर्नु भएको कार्यक्रममा दलित समुदायका अगुवा, समाजसेवी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१९ , समय : २१:५५:५७ , १ महिना अगाडि