संविधान दिवसको अबसरमा भैरहवामा प्रभातफेरी

रुपन्देही खबर , ४२  पटक हेरिएको

भैरहवा, असोज ३

संविधान दिवसको अबसरमा भैरहवामा प्रभातफेरी निकालिएको छ ।भैरहवा स्थित पर्यटकिय गेट निकालिएको प्रभातफेरी सिद्धार्थनगरका बेलहिया, आखाँ अस्पताल, बस पार्क हुदै देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो। 

सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरण गर्दै जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिले गरेको प्रभातफेरी कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाल आर्मि, बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधी, बिभन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी एवंम सर्वसाधरण व्यक्तिको उल्लासमय सहभागिता रहेको थियो । 

रुपन्देहीमा तीन दिन सम्म बिभिन्न कार्यक्रम गरेर संबिधान दिवस मनाईएको छ । प्रभातफेरी पछि देवकोटा चोकमा नेपालको राष्ट्रिय झण्डात्तोलन गरिएको छ । 

सभामा बोल्दै संबिधान सभा सदस्य ईश्तियाक अहमद खाँनले संबिधानको कार्यन्वयनमा सबै जुट्नु पर्ने बताउनु भएको छ । उहाले संबिधानाको रक्षा गर्दै नेपाल निर्माण गर्ने महान कार्यमा युवा जनशक्ति लाग्नु पर्ने बताउदै बिदेशमा बसेर सामाजिक सञ्जालबाट राष्ट्रियताको नारा लगाएर राष्ट्र बलियो नहुने बताउनु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल र नेपालीको हितमा सबैले मिलेर काम गर्नु पर्ने बताउनु भएको छ । संबिधान दिवसको अबसरमा सबैले राष्ट्र निर्माण गर्ने प्रण गर्नु पर्नेमा उहाको जोड थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले संविधानको मर्म र भावना अनुरुप राज्यका संयन्त्रले काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१९ , समय : १३:४८:५६ , १ महिना अगाडि