२९ किलोग्राम गाँजा सहित बुटवलबाट ३ जना पक्राउ

रुपन्देही खबर , ५२  पटक हेरिएको

भैरहवा, असोज २

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २९ किलो ग्राम गाजा सहित ३ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगर पालिका वडा नम्बर २ भिमसेन पथ बस्ने ५७ बर्षिय बुद्ध लक्ष्मी खड्की, सोही स्थान बस्ने ३४ बर्षिय हिना शाही खड्की र दैलेख महाबु गाउपालिका वडा नम्बर ४ बस्ने २३ बर्षिय रिहा शाही ठकुरी रहेकी छन ।

प्रहरीका अनुसार भदौ ३० गते बुटवल उपमहानगरपालिका वडा नंम्बर २ भिमसेनपथमा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ५७ बर्षिय बुद्ध लक्ष्मि खड्कीको घरकोठा रितपुर्वक खानतलासी गर्दा २९ किलो गाजा सहित तीनै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत रुपन्देहीबाट ६ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-१८ , समय : २२:०९:१० , १ महिना अगाडि