कञ्चनमा शिक्षा दिवसको अवसरमा बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान

रुपन्देही खबर , ३६  पटक हेरिएको

कञ्चन, असोज २

“ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता” भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा रुपन्देहीको कञ्चन गाउँपालिकाले माध्यमिक परीक्षामा उत्कृष्ट नतीजा ल्याउने बिद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरेको छ।

कञ्चनको बिद्यालय शिक्षालाई अझ स्तरबृद्धि गर्नमा प्रोत्साहन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा माध्यमिक शिक्षा परीक्षामा शत प्रतिशत उत्तिर्ण गराउने १५ शिक्षक, आधारभूत उत्तिर्ण परीक्षामा शतप्रतिशत उत्तिर्ण गराउन सफल बिषयगत ५७ शिक्षक र उत्कृष्ट नतीजा ल्याई उत्तिर्ण हुने ५९ जना बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।

बिद्यालय, शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समतामुलक समाज र मानविय बिकासमा शिक्षाको महत्वपुर्ण भूमिका हुने बताउनु भएको छ। शिक्षा बिना कुनै पनि क्षेत्रको बिकासमा दीगो नहुने भएकोले दीगो बिकासका लागि मानविय बिकास र मानविय बिकासका लागि उचित शिक्षा अनिवार्य हुने अध्यक्ष ढकालले बताउनु भयो। आगामी दिनमा कञ्चनको शैक्षिक स्तरलाई राम्रो बनाएर सकारात्मक सन्देश प्रवाह गर्न शिक्षक, शिद्यार्थी र अभिभावकहरुको भूमिकालाई सबै पक्षले मिलेर बढाउन सकिने बताउदै अध्यक्ष ढकालले पढेर नेपालमा केही छैन भन्ने गलत भास्यलाई चिर्न उत्पादनमुखी शिक्षा र पढेर स्वदेशमै केही गर्न सकिन्छ र देशका लागि सबैले आफनो क्षमता अनुसारको योगदान गर्नु पर्छ भन्ने सकरात्मक सोंचको बिकास गराउनु असल शिक्षकको अनिवार्य कर्तब्य रहेको बताउनु भयो।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनलाई शिक्षाको क्षेत्रमा अब्बलता कायम गर्न नयाँ उर्जाका साथ बिद्यालय प्रबेश गरेका हरेक शिक्षकहरुले समयानुकुल शिक्षण कृयाकलापलाई प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनु भयो। नयाँ शिक्षकहरुको उर्जा र पुराना शिक्षकहरुको कार्य अनुभवहरुको सही फ्यूजनले मात्र बिद्यालयमा शिक्षामा नयाँ उभार ल्याउन सकिने भएकाले एकोहोरो रटानबाट नभई ब्यबहारिक र प्रयोगात्मक शिक्षण विधि प्रयोग गर्नुको कुनै विकल्प नभएको उपाध्यक्ष थापा मगरले बताउनु भयो। अवको समाज कस्तो बनाउने र आफुले पढाएको बिद्यार्थीहरुलाई कुन कुन स्तरमा देख्न चाहने भन्ने कुराको निक्र्योल शिक्षकहरुले नै तय गरेर अध्यापन गर्ने गराउने संस्कारको बिकास गर्नु आजको आवस्यकता भएको समेत उपाध्यक्ष थापा मगरले बताउनु भयो।

यसैगरी शिक्षा समितिका सदस्य तथा कार्यपालिका सदस्य कुमारी घर्तिले बिद्यालयमा शिक्षण गर्दा देशभक्ती र समाज रुपान्तरणको भावना बिकास गर्ने उर्जाशिल शिक्षण विधि अपनाउन आवस्यक रहेको बताउनु भयो। पढेर केही छैन, पढे पनि बिदेश, नपढे पनि बिदेश भन्ने मानसिकताले शिक्षण गरियो वा गराइयो भने त्यो बिद्यार्थीमा राम्रो अंक ल्याएर उत्तिर्ण हुनुपर्छ भन्ने भावनाको बिकास नहुने घर्तिले बताउनु भएको छ ।

यस्तै शिक्षा समितिका सदस्य लिला कुमारी पौडेलले पाइलट, चिकित्सक, चालक तथा इन्जिनियरहरुलाई दिइने सम्मान भन्दा माथी शिक्षकहरुको ओहोदा निकै गर्विलो र उच्च हनुे बताउनु भयो। चिकित्सको सानो कमजोरी एकजना बिरामीको ज्यान सक्छ तर शिक्षकको सानो कमजोरीले देश र उसको भविष्य एक शताब्दी पछाडी ढकेलिने बताउनु भयो। शिक्षक पेशा अन्य पेशा भन्दा निकै सम्वेदनशिल पेशा भएकोले हरेक पिरियडमा अध्यापन गर्दा सानो सानो कमजोरीहरु समेत गर्न छुट नहुने उल्लेख गर्दै पौडेलले कञ्चनको शिक्षालाई राम्रो बनाउन सबैले हातृेमालो गर्नु जरुरी रहेको बताउनु भयो।

कञ्चन गाउापालिकाका अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका सदस्य लेखनाथ पौडेलले स्वागत गर्नु भएको थियो भने शिक्षा अधिकृत रमेश भूसालले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रकाशित मिति: २०२४-०९-१८ , समय : १९:४६:०३ , ४ हप्ता अगाडि