लुम्बिनि प्रदेशको चालू बर्खे अधिवेशन सकियो

रुपन्देही खबर , ३९  पटक हेरिएको

दाङ, असोज १

लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य भएको छ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार मध्यरातिदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गर्नु भएको हो ।

लुम्बिनी प्रदेश सभाको चालू अधिवेशनमा ३५ वटा बैठक बसेका थिए। यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयक पारित गरेको थियो।

प्रकाशित मिति: २०२४-०९-१७ , समय : ११:४६:२८ , २ महिना अगाडि