प्रहरी कै मिलोमतोमा मर्चवारमा तस्करी

दीपक जैसवाल , ६५  पटक हेरिएको

लुम्बिनी, भैरहवा ३१

रुपन्देहीको मर्चवारका तीनवाट नाकाबाट धमाधम चिनी लहसुन , प्याज , लत्ताकपडा लगायतका सामाग्रीहरु तस्करी भइरहेको पाइएको छ । जब रात पर्छ प्रहरी कै संलग्नतामा तस्करी हुन्छ एक स्थानीयले बताएका छन । प्रायः रातको १२ बजे पछि रातीको ३ बजेको समयमा सामान ओसारपसार हुँदै आएको स्थानियले बताएका छन ।

रात परेपछि तस्करहरू सक्रिय हुन्छन् । सीमाबाट प्याज ,चिनी , लत्ताकपडा , अन्य सामानहरु बोकेर मर्चवारको दुगौलिया चौकी , मर्यादपुर प्रहरी चौकी अगाडि बाट नै तस्करहरु तस्करी गर्दै आएका छ्न । मर्चवारको गोनहा तर्फ आउँदै गरेको लु १२ प ६९६९ नम्बरको मोटरसाइकलमा लोड गरि दिनहु जसो सामान बोकेर बेथरी लैजाने गरेको पाइएको छ । गएराती पनि मोटरसाइकलमा चार बोरा सामान बोकेर लगेको प्रत्यक्षदर्शीले बताएका छन ।

जनपथ प्रहरीको मर्चवार क्षेत्र हेर्ने ईलाका प्रहरी कार्यालय मझगावाको प्रहरी हवल्दार राम कैलाश यादवले मझगावाको घुमुवा भनेर तस्करसँग मिलेर महिनामा पाँच हजार देखि पचास हजार सम्म पैसा असुली गरेको स्थानीयको आरोप छ। जनपथ प्रहरीको प्रमुख रहँदा पनि तस्करसँग मिलेर रातभर तस्करी गरेको स्थानीयको गुनासो छ । सरकारले अर्काे मुलुकबाट स्वदेशभित्र जुनसुकै खाद्यवस्तु ल्याउन प्रतिवन्ध लगाएको छ । तर, मर्चवारको नाकाबाट प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको पाइएको छ ।

प्रकाशित मिति: २०२४-०९-१६ , समय : २१:५७:०० , १ महिना अगाडि