सिर्जनशील साहित्यिक समाज भैरहवा रुपन्देहीको अध्यक्षमा सरु ज्ञवाली

रुपन्देही खबर , ७२  पटक हेरिएको

भैरहवा, भदौ ३१

सिर्जनशील साहित्यिक समाज सिसास, भैरहवा, रूपन्देहीको अध्यक्षमा सरु ज्ञवाली निर्वाचित हुनु भएको छ । सिसास रुपन्देहीको शनिबार भैरहवामा भएको २१ औं साधारण सभा तथा १०औं अधिवेशनले ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिती निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा बिष्णुप्रसाद गजुरेल, सचिवमा रामराज गौतम, सह सचिबमा राधा भट्टराई, कोषाध्यक्ष सिर्जना खनाल रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा राम प्रसाद खनाल, निसा डि.सी.,गंगा घिमिरे, दुर्गा कुमारी थापा, मधुसुदन पोखरेल, केशव शर्मा बेलवासे र उर्मिला यादव रहनु भएको छ । भने एक जना सदस्य कार्यसमितीको पहिलो बैठकले मनोनित गर्ने निर्वाचन अधिकृत तुलसीराम ढकालले जानकारी दिनु भएको छ ।

संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षता तथा साहित्यकार प्रा.डा.कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा २१ औं साधारण सभा तथा १० औं अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य रहेको उदघाटन कार्यक्रममा अध्यक्ष कमल पोख्रेल निश्छलले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सिर्जना खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू शशि पन्थी, सुरज घिमिरे दीपशिखा, सुवास रिजाल, छवि ज्ञवाली र खगेन्द्र बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सचीव विष्णुप्रसाद गजुरेलले सञ्चालन गर्नु भएकोे छ ।

निर्वाचन समितिका संयोजक अधिवक्ता तुलसीराम ढकालले निर्वाचन कार्यक्रमअनुसार नयाँ कार्यसमिति निर्विरोध र सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गर्दै नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा साहित्यकारहरुले आ आफना रचना बाचन समेत गरेका थिए ।

प्रकाशित मिति: २०२४-०९-१६ , समय : १३:५०:५१ , १ महिना अगाडि