पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

रुपन्देही खबर , ४८  पटक हेरिएको

काठमाडौं,भदौ ३१

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य घटेर आए पछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

आज बिहान देखि लागू हुने गरि नयाँ पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घटाइएको हो । जसअनुसार नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रोमा १५८ र तेस्रोमा १५९ रुपैयाँ भएको छ।त्यस्तै, डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १४६.५०, दोस्रोमा १४८ र तेस्रोमा १४९ रुपैयाँ भएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

 

प्रकाशित मिति: २०२४-०९-१६ , समय : ०७:४१:४३ , १ महिना अगाडि