गोपाल सेवा समिती लुम्बिनीको नगर भेला तथा अधिवेशन, अध्यक्षमा बिमलेश यादव

उर्मिला यादव यात्री , ५०  पटक हेरिएको

भैरहवा, भदौ ३०

गोपाल सेवा समिती लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीको अध्यक्षमा बिमलेश यादव चयन हुुनु भएको छ । आज आइतबार लुम्बिनीमा भएको गोपाल सेवा समिती लुम्बिनीको नगर भेला तथा अधिवेशनले यादवको अध्यक्षतामा २५ सदस्यीय नया कार्य समिती चयन गरेको हो । समितीको बरिष्ठ उपाध्यक्षमा सन्तराम यादव, उपाध्यक्षमा गंगाराम यादव, सचिवमा रामऔतार यादव, सहसचिवमा दिनेश यादव, कोषाध्यक्षमा बिजय कुमार यादव रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा निर्दली यादव, रामनरेश यादव, धनराज यादव, सन्जेश यादव, कोदई यादव, अमेरिका यादव, भुलई यादव, राजकुमार यादव, अमर सिंह यादव, तिलक राम यादव, सुरेन्द्र यादव,राजाराम यादव, दलबहादुर यादव, किशोर यादव, बिकास यादव, सुरेन्द्र यादव, मात्रिका यादव, सुनिल यादव र राजेन्द्र यादव रहनु भएको छ ।

यस्तै गरी नवगठित गोपाल सेवा समिती लुम्बिनीको सल्लाहकार समितीको संयोजकमा ध्रुप यादवलाई चयन गरीएको छ । यादवको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिती चयन गरीएको हो जसको सदस्यहरुमा सुग्रीम यादव, महेन्द्र यादव, राधेश्याम यादव, तौलन प्रसाद यादव, सुग्रीम यादव , तिलक राम यादव, बिक्रम यादव, शिव बहादुर यादव रहनु भएको छ । यस्तै गरी नवगठित समितीले नियमित बैठक प्रत्येक महिनाको पहिलो शनिबार बस्ने निर्णय समेत गरेको छ।


गोपाल सेवा समिती लुम्बिनीका नगर अध्यक्ष राधेश्याम यादवको अध्यक्षता तथा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्रमुख आतिथ्यतामा नगर भेला तथा अधिवेशन सम्पन्न भएको हो । भेला तथा अधिवेशनमा बोल्दै बक्ताहरुले यादवहरुमा एकता र जागरुकताको आवश्यकता भएको बताएका छन । उनीहरुले गोपाल सेवा समितीमा भएको राजनीतिकरण हटाउनुपर्नेमा जोड दिएका छन । अधिकांश बोल्ने बक्ताहरुले गोपाल सेवा समितीलाई यसको निती र उदेश्य अनुसार काम गर्न आग्रह गरेका छन ।

यस्तै गरी कार्यक्रमको उदघाटन गर्दै समितीका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष भरथरी यादवले यादवहरुको संख्या उल्लेख्य भएकोले रुपन्देहीमा उदाहरणीय कार्य गरेर देखाउन आग्रह गर्नु भएको छ । उहाले हामी भित्र भएको साझा कमीकमजोरीलाई सच्याउदै एकताको डोरीमा बाधिएर काम गर्न जोड दिनु भएको छ । उहाले समाजमा अगाडी बढन र नेतृत्व तहमा आउन सपना देखेर मात्र नहुने भएकोले कर्म संगै यस अभियानमा लाग्नुपर्ने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै गोपाल सेवा समितीका संस्थापक रामकरण यादवले सबैलाई संगठित हुन आग्रह गर्नु भएको छ । उहाले गोपाल सेवा समिती रुपन्देहीको अधिबेशन गर्न उत्तिकै आवश्यकता भएकोले नया कार्यसमिती चयन गरी नया ढंगबाट काम गर्न सुझाव दिनु भएको छ । संस्थापक यादवले बिना संगठन एक्लैले काम गर्न गाहे भएकोले संगठनको उत्तिकै भुमिका रहेको बताउनु भएको छ । उहाले एकताको साथमा काम गरे मात्र हरेक लक्ष्य हासिल गर्न सकिने जोड दिनु भयो ।

कार्यक्रममा गोपाल सेवा समितीका जिल्ला सदस्य राजाराम यादवले गोपाल सेवा समिती यादवहरुको बलियो संगठन भएको बताउनु भएको छ । उहाले यो समिती संस्थागत र जातिय पहिचानको प्लेटफर्म भएको बताउदै यसमा भएका बिभिन्न किसीमका कमीकमजोरी,बिसंगती र त्रुटीहरुलाई एक आपसमा सहकार्य गरी निर्मुल गर्नतर्फ लाग्नु पर्नेमा जोड दिनु भएको छ । उहाले चुनावी क्षेत्रमा पनि गोपाल सेवा समितीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नु भयो ।


कार्यक्रममा समाजसेवी रामबली यादवले नेपालमा यादवहरुको उल्लेख्य जनसंख्या भए पनि राजनितीमा पहुंच हुन नसकेको गुनासो गर्नु भएको छ । उहाले एक अर्काको खुटटा तान्ने प्रवृतीले नै यादवहरुलाई राजनीतीमा आउन नदिएको उल्लेख गर्नु भएको छ । उहाले गोपाल सेवा समितीले संस्थाको उदेश्य अनुसार काम नगर्दा पनि लक्ष्यमा पुग्न नसकेको बताउनु भएको छ । उहाले आफनो समुदायको साथसाथै अन्य समुदायको पनि कल्याण वा सेवा गर्ने उदेश्यले स्थापना भएको गोपाल सेवा समिती सोचे जस्तो ग्राउण्ड लेबलमा काम गर्न नसकेको गुनासो गर्नु भएको छ । उहाले समिती बलियो बनाउनका लागी ग्राउण्ड लेबलबाट नै काम गर्नुपर्ने बताउनु भएको छ ।

कार्यक्रममा समाजसेवी रामबेलास यादवले समाजमा अझै पनि शिक्षाको उत्तिकै आवश्यकता भएकोले शिक्षामा जोड दिदै छोराछोरीमा समान अवसर प्रदान गरी शिक्षा दिनुपर्ने बताउनु भएको छ । उहाले समाजमा अझै पनि तमाम बिकृती र बिसंगतीहरुले भएको यसलाई सच्याएर अगाडी बढन आग्रह गर्नु भएको छ । उहाले देशभर नै यादवहरुको उल्लेख्य जनसंख्या भएकोले एकआपसमा सहयोगी भावना निमार्ण गरी काम गर्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा बिरहा गायक उमेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा गोपाल सेवा समितीका क्षेत्रिय सचिव रामबहादुर यादव, समाजसेवी रामबेलास यादव, लुम्बिनी बिकास कोषका लेखापाल नवलकिशोर यादव, समाज सेवी सुरेश यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धु्रब यादव, समाजसेवी सुग्रीम प्रसाद यादव, महेन्द्र यादव, गोपाल सेवा समिती रुपन्देहीका पुर्व सचिव श्रीराम यादव लगायतले बोल्दै गोपाल सेवा समितीलाई मजबुत बनाउदै एक दृढ संकल्प लिएर अघि बढन आग्रह गर्नु भएको थियो।

कार्यक्रममा बिरहा गायक झिनक यादवले आफनो प्रस्तुती प्रदान गर्दै सबैमा सकरात्मक संदेश दिनु भएको थियो । रामऔतार यादवले संचालन गर्नु भएको कार्यक्रममा गोपाल सेवा समितीका जिल्ला सचिव उमा शंकर यादव, कोषाध्यक्ष मौलान सिंह यादव, समाजसेवी गंगाराम यादव, प्रमोद यादव, जिल्ला सदस्य रामप्रवेश यादव, समाजसेवी अमरसिंह यादव, सन्तराम यादव, घिसन यादव लगायत यादव समुदायका अगुवा, बुद्धिजिवी ,समाजसेवी र सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१५ , समय : २२:४०:५४ , १ महिना अगाडि