रोटरी क्लव अफ बुटवल चौतारीले पायो दुईवटा अवार्ड

रुपन्देही खबर , ३३  पटक हेरिएको

बुटवल,भदौ ३०

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ ।

रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले जानकारी दिनु भएको छ । उक्त कार्यशालामा क्लवले सबैभन्दा बढी सदस्य उपस्थिति गराएको भन्दै अवार्ड प्रदान गरिएको हो । कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीबाट २४ जना उपस्थित भएका थिए ।

त्यस्तै क्लवले होस्ट गरेको भन्दै अर्को अवार्ड पनि प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनु भयो । रिजन ५ मा भोट अफ थ्याङ्स पनि रोटरी क्लव अफ बुटवल चौतारीले नै पाएको छ । र्काशालामा २०७ जना जम्मा उपस्थिति मध्ये रोटरी क्लव अफ बुटवल चौतारीबाट मात्रै २४ जना सहभागी थिए ।

प्रकाशित मिति: २०२४-०९-१५ , समय : १९:४३:०१ , १ महिना अगाडि