नेपाल प्रजापती संघ रुपन्देहीद्धारा रक्तदान,२९ पोइन्ट रगत संकलन

उर्मिला यादव यात्री , ४१  पटक हेरिएको

भैरहवा, भदौ २९

नेपाल प्रजापती (कुम्भकार) संघ जिल्ला कार्य समिति रुपन्देहीले आज शनिबार एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । भिम अस्पताल भैरहवा रुपन्देहीको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा २९ पोइन्ट रगत संकलन गरिएको छ । रक्तदान कार्यक्रममा भिम अस्पतालको ल्याब टेक्निसियन रोजिना क्षेत्री, सुमन चौधरी,दिनेश मिश्र,पुजा चौधरी र भिम अस्पतालका का.स गणेश यादवले सहजीकरण गर्नु भएको थियो ।

नेपाल प्रजापती संघ जिल्ला सहसचिव श्याम कोहारको अध्यक्षतामा तथा भिम अस्पताल भैरहवाको प्रमुख डा. सकुन्तला कुमारी गुप्ताको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुप्ताले रक्तदान जीवनकै एउटा महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । उहाले रक्तदान गर्नुका फाइदा, रक्तदानका बारेमा समाजमा फैलाइएको अफवाह, कसले कुन उमेर समुह सम्म रक्तदान गर्न सक्ने लगायतका बारेमा जानकारी गराउदै रक्तदान नै जिवन दान भएको बताउनु भएको छ । उहाले रगतको अभावमा धेरै मानिसहरु अकालमा ज्यान गुमाउनु परेको बताउदै रक्तदान गरेर सहयोग गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी रक्तदान कार्यक्रममा बिश्व हिन्दु महासंघ परिषद रुपन्देहीका जिल्ला अध्यक्ष गोपाल उपाध्यायले प्रजापति जातिको बारेमा जानकारी दिदै यो जातिको संरक्षणमा लाग्नु पर्ने बताउनु भएको छ । उहाले समाजलाई निरोगी बनाउनमा यो समाजको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै यो जातिको पुख्र्याैली पेशाको संरक्षणमा जोड दिन आग्रह गर्नु भएको छ ।

उहाले रक्तदान कार्यक्रम गरेर नेपाल प्रजापति संघ रुपन्देहीले एमदमै महत्वपुर्ण कार्य गरेकोले आफुले पनि यो संघको हरेक क्रियाकलापमा हातमा हात मिलाएर साथ दिने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा नेपाल प्रजापती संघ रुपन्देहीका मनोज कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल प्रजापति संघ रुपन्देहीका प्रवक्ता दिलिप कुमार कोहार, बिशिष्ठ अतिथी रमाशंकर कोहार, कृष्ण बिहारी कोहार, संघका उपाध्यक्ष बाल सुग्रीम कोहार, संघका कोषाध्यक्ष हिरा कोहार, जिल्ला सचिव बिरेन्द्र कुमार कोहार, जिल्ला सदस्य हरिष कुमार कोहार, काली कुमारी कोहार, रामप्रसाद कोहार लगायत समाजसेवी, बुद्धिजिवी ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-१४ , समय : २०:१३:२९ , १ महिना अगाडि