रुपन्देहीको मर्चवारबाट ४६ बोरा अबैध लसुन बरामद

रुपन्देही खबर , ५६  पटक हेरिएको

भैरहवा, भदौ २८

रुपन्देहीमा तीन लाख रुपैया मुल्य बराबरको ४६ बोरा अबैध लसुन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नेपालबाट भारत तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी र पैठारी गरी लैजादै गरेको अवस्थामा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको संयुक्त प्रहरी टोलीले आज सम्मरीमाइ गाउपालिका वडा नम्बर २ मुडिलाबाट तीन लाख रुपैया मुल्य बराबरको १० क्विन्टल लसुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

बरामद भएको सामानहरु आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : २१:५३:१० , १ महिना अगाडि