रुपन्देही खबर , ५० पटक हेरिएको
कञ्चन, भदौ २५
रुपन्देहीको कञ्चन गाउँपालिकामा विश्व आत्महत्या विरुद्धको दिवसको अवसरमा सरोकारवालाहरुबिच अन्तरकृया कार्यक्रम गरिएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीको सहयोगमा पालिकाको सभाहलमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनलाई आत्महत्याको शुन्य स्थानीय तह बनाउन सबै सरोकारवालाहरुको आपसी समन्वय, सहकार्य र नियमित मनोसामाजिक सचेतना सम्बबन्धी कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनुभएको छ। कञ्चनमा आत्महत्याका विकराल अवस्था आउनुमा आर्थिक, सामाजिक बिभेद, शारीरिक अशक्तता, बेरोजगार, पारिवारिक झै झगडा, अपरिपक्वता ,नप्रेम सम्बन्ध, देखासिकी र असफलता लगायतका सामाजिक तथा ब्यक्तीगत समस्याहरु नै मुख्य कारकतत्व रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यस्तै वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले देशमा भएका चरम अनियमित्ता र भ्रष्टचार साथै राज्य संचालनमा नेतृत्वहरुको चरम बेइमानीका कारण उत्पन्न बेरोजगारी र पेशा व्यबसायमा देखिएको मन्दीले आत्महत्याको सिकार बन्नु परेको बताउनु भएको छ । कार्यक्रममा कञ्चन गाउँपालिकाका मनोसामाजिक विमर्शकता भुमिका तरामु र “आत्महत्या रोकथामबारे सम्वाद शुरु गरौं, दृष्टिकोण बदलौं।” भन्ने नाराका साथ भएको अन्तरकृया कार्यक्रममा मनोविमर्शकर्ता बिष्णु सुनारले आत्महत्याको अवस्था, कारण, समाधान र रोकथामका बिषयमा सहजिकरण गर्नु भएको थियो । साथै ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले कञ्चनमा आत्महत्या र आत्महत्याका प्रयासहरुले त्रिबर्षिय तुलनात्मक तथ्यांक प्रस्तुत गर्दै कञ्चनमा आत्महत्याको निकै जटिल र बिकराल अवस्था रहेको बताउनु भएको छ ।
उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतमा भएको कार्यक्रममा जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, मनोविमर्शकता, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो भने कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो।
प्रकाशित मिति: २०२४-०९-१० , समय : १८:५६:१३ , २ महिना अगाडि