रुपन्देहीमा भन्सार छली ल्याइएका १० लाख भन्दा बढीको सामान नियन्त्रण

उर्मिला यादव यात्री , ५७  पटक हेरिएको

भैरहवा, भदौ २४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थाहरुबाट अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिप्रका रुपन्देही र मातहतबाट खटिएको प्रहरी टोलीले आइतबार र सोमबार गरी जिल्लाको बिभिन्न स्थानहरुमा चेकजाच गर्दा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली निकासी र पैठारी गरिरहेको अवस्थामा १० लाख १५ हजार ८ सय ७५ रुपैया बराबरको अबैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटका अनुसार भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासीर पैठारी गर्दै गरेको अवस्थामा ६४ बोरा चिनी ,४६० पिस बोईलर कुखुरा, लु ३ च ३४८० पिकअप गाडी सहित चालकलाई नियन्त्रणमा लिइएका्े छ । बरामद भएको सामान र मानिसलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको डिएसपी भटटले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-०९ , समय : २०:४३:१७ , २ महिना अगाडि