रुपन्देहीको भैरहवामा दुईदिने सडक खाना महोत्सव हुने

रुपन्देही खबर , ८७  पटक हेरिएको

भैरहवा, भदौ २४

४५ औ विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल संघ नेपालको आयोजनामा भैरहवामा २ दिने सडक खाना महोत्सव आयोजना हुने भएको छ । विशेषतः भारतीय पर्यटक आकर्षण गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले संस्था स्थापनाको १८ औ स्थापन दिवस एवम ४५औं विश्व पर्यटन दिवस संगै मनाउने बताउनु भएको छ ।

उहाले सेप्टेम्बर २७ र २८ तारेख भैरहवा खाना महोत्सव तथा सांगितिक साँझ–२०८१ आयोजना गरिएको बताउनु भयो । कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने श्रेष्ठले बताउनु भएको छ । कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने उहाले जानकारी दिनु भयो ।

महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिनु भएको छ । कार्यक्रममा दुर्गेश थापा, समिक्षा अधिकारी, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभ तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने खरेलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-०९ , समय : १९:१४:४३ , २ महिना अगाडि