नवलपरासीमा माेटरसाईकल दुर्घटना हुदा चालककाे मृ्त्यु

सुरेश यादव , ४३  पटक हेरिएको

परासी,भदौ २४

नवलपरासीको सुनवल नगरपालिका वडा नं १२ र रामग्राम नगरपालिका वडा नं ११ काे सिमाना स्थित भित्री सडकमा आईतबार राति ११ बजेकाे समयमा माेटरसाईकल अनियन्त्रित भई पल्टिँदा चालककाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेकाे लु १७ प ८७८८ नम्बरको माेटरसाईकल अचानक आफै अनियन्त्रित भई सडककाे दाहिने साईडकाे नालीमा पल्टिँदा माेटरसाईकल चालक सुनवल ९ स्वाठी बस्ने वर्ष २६ काे रामनाथ कंवरलाई मुख र शरिरकाे विभिन्न भागमा चाेट लागि घाईते भएका थिए ।

घाइते कंवरलाई उपचारकाे लागि जिल्ला पृथ्वी चन्द्र जिल्ला अस्पताल परासी लगिए पछि डाक्टरले राति १२:३० बजेकाे समयमा मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवं डिएसपी रेशम बाेहराले जानकारी दिनुभएको छ ।

मृतकको शव पाेष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पतालमा राखिएको सुचना अधिकारी बाेहराले बताउनुभयो ।

प्रकाशित मिति: २०२४-०९-०९ , समय : ०८:५३:०३ , २ महिना अगाडि