शान्ति पुनस्थार्पना गृह रुपन्देहीद्धारा बेलहिया सिमानाकामा दिप प्रज्वलन

उर्मिला यादव यात्री , ४२  पटक हेरिएको

भैरहवा, भदौ २२

मानव बेचबिखन बिरुद्धको १८ औं राष्ट्रिय दिवसको अवसरमा शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहिया रुपन्देहीले बेलहिया सिमानाकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शान्ति पुनस्थार्पना गृहका प्रमुख नितेश चौधरीको अध्यक्षतामा भएको दिप प्रज्जवलन कार्यक्रममा बोल्दै चौधरीले यस संस्थाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी सक्रियता साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा परेकोले सिमानाकामा कडाइका साथ काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले शान्ति पुनस्थार्पना गृहले समाज, बिद्यालय लगायतका क्षेत्रमा सचेतनामुलक कार्यक्रमहरु गर्नुका साथै सिमानाकामा सक्रियताका साथ काम गर्दै आएको बताउनु भयो । दिप प्रज्वलन कार्यक्रममा शान्ति पुनस्थार्पना गृहका सम्झना चन्द्र, सृजना परियार, चन्द्रा महतो,सरिता खनाल ,सरला श्रेष्ठ लगायत सम्पुर्ण कर्मचारी, इलाका प्रहरी कार्यालय बेलहियाका असइ बिरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

यस्तै गरि शान्ति पुनस्थार्पना गृह सिनपा १ रुपन्देहीले १८ औ राष्ट्रिय मानब बेचबिखन विरुद्धको दिवसको अवसरमा भदौ १७ गते श्री भैरहवा नमुना माध्यमिक विद्यालयमा विद्यालय स्तरीय सचेतनामुलक कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

प्रकाशित मिति: २०२४-०९-०७ , समय : ०७:०५:४६ , २ महिना अगाडि