स्ववियु भैरहवा बहुमुखी क्याम्पसद्वारा नृत्य एवं दर खाने कार्यक्रम

रुपन्देही खबर , ३४  पटक हेरिएको

भैरहवा,भदौ २०

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस, भैरहवाले नृत्य एवं दर खाने कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्याम्पसमा कार्यक्रम गरिएको स्ववियु अध्यक्ष सागर न्यौपानेले बताउनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुबीच एकआपसमा अझ आत्मीयता बढाउने विश्वास व्यक्त गर्नु भएको छ ।
स्ववियु उपाध्यक्ष सुनिल खनालको स्वागत तथा सह–सचिव गौरव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा विशिष्ट अतिथि पूर्व सहायक क्याम्पस प्रमुख अरुणा भुसाल तिवारी लगायतले बोल्नुभएको स्ववियु सदस्य आशिष पन्तले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : १९:०८:१७ , २ महिना अगाडि