तीज कसरी मनाउने ?

एलिना आचार्य , ४८  पटक हेरिएको

भैरहवा, भदौ २०

एक महिना अघि देखी सम्म कस्ले तिज मनाउँछ? तीजमा खाजा कस्तो हुने? दर कहिले खाने? तीजका गीत कस्तो हुनुपर्छ? संस्कृतिको नाममा कतै विकृति त भित्रीएको छैन्? यी र यस्ता प्रश्न प्राय सबै नेपालीहरु जो तीजका बारेमा विचार गर्नेलाई आउने गर्छ । हो,यी नै विषय वस्तुलाई समेटेर रुपन्देहीको भैरहवामा तीज कसरी मनाउने भन्ने विषयमा बहस सम्पन्न भएको छ ।

बहसमा सहभागिले कसैले तीजलाई परम्परागत रुपमै चलिआएको चलनलाई निरन्तरता दिनुपर्ने बताएका छन् भने कसैले समय अनुसार परिवर्तन आवश्यक रहेको बताएका छन् । विभिन्न क्षेत्रका महिला अधिकारकर्मि तथा संघसंस्थाका प्रमुखको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा महिला सशक्तिकरणकै कारण प्रचलित धार्मिक मान्यतामा परिवर्तन आएको निश्कर्ष निकालेका छन ।

सो कार्यक्रममा बोल्दै साहित्यकार सिता काफ्लेले तीज पर्वका सकरात्मक र नकरात्मक दुबै पक्ष भएको उल्लेख गर्दै तिजका गीत संगितमा आएका विकृतिलाई रोक्न सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

यसैगरी समाजशास्त्री सिता भट्राईले महिलाहरुको जिवनमा भएको सामाजिक, आर्थिक, राजनैतिक परिवर्तनले तिजका कतिपय मुल्य मान्यतामा परिवर्तन आएको बताउनुभयो । भट्राइले भन्नुभKयो, विगतमा जस्तो महिलाहरु सानो घेरामा सिमीत रहेर बस्नुपर्ने अवस्था छैन् अहिले महिलाहरु आर्थिक, सामाजिक रुपमा सक्रिय छन् । तर अहिले पनि हाम्रा परम्परा संस्कृतिहरुमा पितृसत्तात्मक सोच हाबी छ, हामीले हाम्रा सन्ततीहरुलाई सकरात्मक कुरा हस्तान्तरण गर्दैै नकरात्मक मुल्यमान्यता त्याग्न सक्नुपर्छ ।

कार्यक्रममा बोल्दै शिक्षाबीद् देवी गुरुङले महिलाहरुले विश्वव्यापिकरणको प्रभाव स्वरुप हाल तीनको मौलिकतामा परिवर्तन आएको र तीजलाई भड्किलो भन्दा पनि साधा र साथित्वको भावना झल्काउने खालको हुनुपर्नेमा कुरामा जोड दिनुभयो ।

सो कार्यक्रममा विभिन्न मिडियामा आबद्ध महिला सन्चारकर्मिहरुको उल्लेख्यय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले तीज पर्वलाई भड्कीलो बनाउन नहुनेमा समेत जोड दिएका थिए भने प्रचलनको नाममा महिलाहरुलाई हिंसा गर्ने गरी चलाईएका रितिरिवाज मनाउने शैलीमा पनि परिवर्तन गर्नुपर्नेमा जोड दिइएको थियो ।

समता टेलिभिजनको आयोजनामा भएको तिज कसरी मनाउने भन्ने विषयमा सन्चारकर्मि उषा के.सी, सामाजिक अभियन्ता अम्बिका भन्डारी, क्षमा पान्डे लगायतले बोल्दै तीज मनाईरहदा भड्किलो गर्न नहुने बताएका हुन् ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०६:२०:२३ , २ महिना अगाडि