मर्चवारको घटनाको बिरोध गर्दै गाउपालिकामा प्रर्दशन

घटनाको सत्यतथ्य छानबिन र पिडितको न्यायका लागी गाउपालिका प्रतिबद्ध भएर सहयोग गर्ने गाउपालिका अध्यक्ष त्रिपाठीद्वारा प्रतिबद्धता

उर्मिला यादव यात्री , १३५  पटक हेरिएको

भैरहवा, भदौ १८

मर्चवार युवा समाजले मर्चवारमा घटेको घटनाको बिरोध गर्दै कोटहीमाई गाउँपालिकामा प्रदर्शन गरेका छन । भदौ ५ गते मर्चवारमा भएको जबरजस्ती करणीमा गाउपालिकामा कार्यरत कर्मचारीले नै यस्तो गरेपछि उनीहरुलाई कारवाहीको माग गर्दै गाउँपालिका अगाडी सोमबार प्रदर्शन गर्दै युवाहरुले नाराबाजी समेत गरेका छन । उनीहरुले पिडितलाई न्याय दे, बलत्कारीलाई फाँसी दे लगायतका नारावाजी गर्दे प्रर्दशन गरेका हुन ।

यता मर्चवार युवा समाजले नाबालिका माथि भएको जबरजस्तीकरणी अपराधका सम्बन्धमा गम्भीर ध्यानाकर्षण जनाउदै गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापनपत्रमा लेखिएको छ पिडित नाबालिकालाई मर्चवार अनलाइन खबरका पत्रकार एवंम यस गाउँपालिकाको उद्यमविकास सहजकर्ता मुकेश चौधरी,कोटहीमाई गाउँपालिका वडा नं ३ का वडा अध्यक्षको छोरा बन्टी पाण्डेय र यसै गाउँपालिकामा कार्यरत प्रा.स. मनोहर चौधरीले ३ दिनको तालिम रहेको बहाना बनाइ घरबाट नै लगेको र जबरजस्तीकरणी गरेको बिज्ञप्तीमा उल्लेख छ। पिडितको फोटो भिडियो खिचेर ब्ल्याकमेलिंग गरी घर परिवारमा भनेमा बेइज्जत गरीदिने तथा ज्यान मार्ने सम्मको धम्की दिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बलात्कारीहरू आफ्नो पद तथा शक्तीको आडमा घटनालाई ढाकछोप गर्ने र जाहेरी दरखास्त दर्ता भइसकेको हुदा आवश्यक अनुसन्धान कार्य जारी रहेकोले पालिकाको तर्फ बाट हुन सक्ने पहल गरी सो अनुसन्धानलाई छिटो गति प्रदान गरी पिडितलाई न्याय र पिडकलाई सजाय गर्न गराउनको लागि विशेष ध्यान दिनको लागि आग्रह गरिएको छ । घटनाको यर्थाथ छानविन गरि मतियार सहित पिडकहरूलाई यस पालिकाबाट निलम्बन गरि कहिल्यै पनि हाजिर नगर्ने गराउने भनि पालिका स्तरबाट निर्णय तथा न्यायिक समिति तथा जनप्रतिनिधीहरूको असल भुमिका देखिने गरि जिल्ला र स्थानिय तहबाट पहल गर्न अनुरोध गर्दै गाउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझाउदै स्थानिय समाजसेवी ज्ञानेश्वर उपाध्यायले बलात्कार जस्तो घटना जघन्य अपराध भएकोले स्थानिय तहमा रहेका ब्यक्तिबाट नै यस्तो कुकार्य हुदा यो अछम्य भएको बताउनु भयो । उहाले दोषीलाई कडा भन्दा कडा कारवाहीको मागसंगै यसमा पालिकाले साथ सहयोग गर्न पहल गर्न आग्रह गर्नु भएको छ ।

यता कोटहीमाइ गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले मर्चवार युवा समाजले उठाएको कदम संगै पालिका रहेको बताउनु भएको छ । उहाले आफुले र पालिकाले गर्न सक्ने सहयोग र पिडितको न्यायका लागी गाउपालिका प्रतिबद्ध रहेको समेत बताउनु भयो ।


यता अर्काे तिर गाउपालिकाले प्रेस बिज्ञप्ती निकालेर गाउपालिका अन्र्तगत नै बालिका माथि जबरजस्ती करणी भएको घटनाको घोर भन्र्सना गरेको छ । उक्त कार्यमा संलग्न गाउपालिकाको उद्यम बिकास सहजकर्ता मुकेश चौधरीको साउन १ गते देखी नै करार म्याद नथपिएको र एकजना बहालवाला स्थायी कर्मचारी प्र.स.शिक्षा मनोहर चौधरी र वडा नम्बर ३ बस्ने शैलेश पाण्डे बन्टी पाण्डेको नाम समेत जोडिएकोले यस्ता जघन्य घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरी पिडित पक्षलाई न्याय दिलाउन गाउपालिकाले सरोकारवाला संग माग गरेको छ । घटनाको छानबिन तथा अनुसन्धान कार्यमा सहयोग गर्न गाउपालिका पुर्ण रुपले तयार रहेको र अन्य सरोकारवाला संग छानबिनमा सहयोग गर्न समेत अपिल गरेको छ ।

प्रकाशित मिति: २०२४-०९-०३ , समय : ०६:४१:५० , २ महिना अगाडि