कञ्चनमा लैङगिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

रुपन्देही खबर , ५१  पटक हेरिएको

कञ्चन, भदौ १७

समाजमा भएको लैङ्गिक हिंसा न्युनिकरणका लागि संदेश ग्रेजुयट फोेरम कञ्चन ३ रुपन्देहीद्वारा सडक नाटक प्रदर्शन गरिएको छ। नेपालमा किशोरकिशोरी सशक्तीकरणका लागि सम्वाद भन्ने मूलनाराका साथ कञ्चन ३ को भगवती टोलमा उक्त सडक नाटक प्रदर्शन गरिएका हो।

सुनगाभा सामुदायिक बिकास केन्द्रको आर्थिक सहयोग तथा रुद्रपुर साथी सञ्जालको समन्वमा भएको सडक नाटकमा कुनै पनि क्षेत्रमा हुने लैङ्गिक हिंसा समाजको जघन्य अपराध सरह भएको र त्यसको अन्त्यका लागि आफुबाट शुरुवात गर्नु पर्ने सन्देश दिइएको थियो। सडक नाटकका लागि सोहन रावल, मानस पुन, स्वस्तिका बि.क., कामना पुन, समिक्षा बि.क., आर्यन सुनार, विपना सिंह, राजेश गिरी लगायतले बाल कलाकारहरुले बिभिन्न पात्रहरुमा अभिनय गर्नु भएको थियो ।

भगवती टोल बिकास संस्थाका पदाधिकारी, आमा समूह, क्लव, टोलका सरोकारवाला, अभिभावक लगायतले सडक नाटकको अवलोकन गरेका थिए। सडक नाटकबारे जानकारी दिदै कलाकार मानस पुनले समाजलाई कुनै पनि बहाना र क्षेत्रमामा हुने लैंगिक हिंसामा संलग्न ब्यक्तीहरुलाई कार्वाही गर्ने भनेर कानुनमा लेखिएको भएपनि ब्यबहारमा लागु नभएको बताउनु भयो । कानुनले कुनैपनि हिंसा गैरकानुनी भनेपनि समाजमा हिंसाका रुपमा परिवर्तित हुदै आइरहेको र समाजलाई दुषित बनाइरहेको सन्दर्भमा सन्देश ग्रेजुएट समूहले लैङ्गिक हिंसा बिरुद्धको सडक नाटक प्रदर्शन गरिएको कलाकार मानस पुनले बताउनु भएको छ ।

साडक नाटक प्रदर्शन पछि हेप्पि किड्सका सहायक प्रिन्सिपल अनुप खाती, आमा समूहहरुको प्रतिनीधित्व गर्दै हरिमाया दर्जी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका पूजा घताने लगायतले सभ्य समाज निर्माणका लागि सबै एक भएर लाग्नु पर्ने र कुनै पनि हिंसालाई कुनै घर, समाज र परिवारवाटै बहिस्कृत गर्नु पर्नेमा जोड दिनु भएको थियो । सडक नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सकेको र नाटकमा संलग्न कलाकारहरुको अभिनय निकै राम्रो भएको सहभागी दर्शकहरुले बिचार ब्यक्त गरेका थिए।

प्रकाशित मिति: २०२४-०९-०२ , समय : १०:०६:२६ , २ महिना अगाडि