जगी लाल थापा , ४४ पटक हेरिएको
कञ्चन,भदौ १७
लुम्बिनी प्रदेशको पहिलो टेलिभिजन साझा टेलिभिजन एच.डी. सैनामैना रुपन्देहीको आयोजनामा हरितालिका तीजको अवसरमा स्थानीय संचारकर्मी र संचारगृह बिच आइतवार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। साझा टेलिभिजन एच.डी.को सभाहलमा भएको कार्यक्रमम भएको कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले संचार गृह र बिभिन्न संचार गृहमा आवद्ध रही कार्यरत ब्यबसायिक पत्रकारहरु सरकारका असल र अविछिन्न प्रतिपक्षी भएको उल्लेख गर्नु भयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख रानाले प्रतिपक्षको धर्म भनेको सत्तापक्षले कहीकतै कमजोरी गर्यो वा गर्न लाग्यो भने आलोचनात्मक सुझाव दिने हो जसले गलत कार्य, गलत निर्णय र गलत आशयले गर्न खोजिने कार्यहरुमा अंकुश लगाउने कार्य गदर्छ। उपप्रमुख रानाले पत्रकारहरुले समाचार लेख्यो भन्दै डराउनु पर्ने होइन की “किन कसरी र कुन सन्दर्भमा कस्तो समाचार लेख्यो” भनेर समाचारहरुको नियमित अध्ययनले आफ्नो कार्यस्थल र कार्यक्षेत्रलाई पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भयो।
यसैगरी कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कसैलाई सिध्याउन वा उसको कमजोरीको फाइदा उठाउन नभई समाज रुपान्तरणका लागि समाचार लेख्नु पर्नेमा जोड दिनु भयो। समाचार लेख्दा आफुले लेख्दैगरेको समाचारमा “के कति सत्यता र तथ्यमा आधारित छ अनि मैले लेखेको समाचारले समाजलाई कस्तो प्रभाव पार्न सक्छ” भन्ने कुरा अग्रिम स्व:अध्ययन हुनसक्यो भने समाचारको बिश्वसनियता बढ्दै जाने उपाध्यक्ष थापा मगरले बताउनु भयो। कार्यक्रमका बिशिष्ट अतिथि समेत रहनु भएका थापा मगरले संचारकर्मी र संचारगृहलाई हेर्ने दृष्टिकोणमा स्थानीय तहमा विगत भन्दा अझ परिस्कृत भई सञ्चारमैत्री हुदै सहयोग गर्ने सम्बन्धमा कुनै कमी नआएको बिचार ब्यक्त गर्नुभयो।
यस्तै सैनामैना वडा नं. १० का वडा अध्यक्ष कृष्ण प्रसाद भूसालले कतिपय कार्यहरु व्यबहारिक भएर कार्यगर्दा नीति, नियमसंगत नहुन सक्छ तर त्यसै बिषयलाई लिएरमात्र “तिलको पहाड बनाउने” संचारकर्मीहरुबाट जुन प्रयत्न हुन्छ त्यो अति नै निन्दनीय हुने कुरा उल्लेख गर्नुु भयो। “हामीले एक सयवटा काम गर्दा ४-५ प्रतिशत गलत हुनसक्छ, हामीले सबै काम राम्रो गरेका छौं भनरे दावी नगर्ने तर ९५ प्रतिशत भन्दा बढी राम्रा कामहरुमा पनि संचारकर्मीको नजर जानुपर्ने” भन्दै ती राम्रा कामहरुको पनि समाचार बनाएर प्रकाशन तथा प्रसारण गर्ने संस्कारको पनि बिकास गर्न आवस्यक रहेको वडा अध्यक्ष भूसालले बताउनु भयो।
यसैगरी सैनामैना वडा नं. ११ का वडा अध्यक्ष राम प्रसाद भूसालले ब्यबसायिक पत्रकारिता गर्नु हरेक पत्रकार तथा संचारकर्मीहरुको धर्म भएको उल्लेख गर्दै नियोजित पत्रकारिताले अरुलाई नभई आफैलाई सिध्याउने बिचार ब्यक्त गर्नु भयो। पेशाको मयार्दालाई ध्यानमा दिएर कलम चलाउने पत्रकारहरुमा सदैव समाज रुपान्तरणको शब्दसृजनामा आधारित पत्रकारिताको गुणको बिकास हुने बिचार ब्यक्त गर्दै गलत उत्कण्ठाले लेखिने समाचारहरुमा बिश्वासको सट्टा नियोजित हुने र तयस्ता पत्रकार तथा संचारकर्मीको समाजमा अस्तित्व नहुने वडा अध्यक्ष घिमिरेले बताउनु भयो।
कार्यक्रममा किस एफ.एम.का प्रबन्धक कृष्ण भण्डारी, खवर जलेश्वरका सम्पादक सुरेश परियार, कञ्चन खवरका प्रवन्ध संचालक जगी लाल थापा, उज्यालो पोष्टका अध्यक्ष मान बहादुर महत, रेडियो सैनमैनाका अध्यक्ष कमला पाण्डे लगायतले पछिल्लो समय संचारगृहरुको अवस्था निकै कमजोर हुदै गइरहेको र स्थानीय तहबाट संचार क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक हुन नसकेको प्रति चिन्ता ब्यक्त गरेका थिए। पत्रकारहरुको पेशा समाजका हरेक गतिबिधिहरुलाई ऐनाको रुपमा प्रस्तुत गरी हाम्रो समाज कस्तो छ भनेर देखाउदै समाधानका उपायहरुसमेत उजागर गर्ने भएकोले पत्रकार समाजको अविछिन्न सचेतक भएको वक्ताहरुले उल्लेख गरेका थिए।
यस्तै कार्यक्रममा साझा टेलिभिजन एच.डी.का संचालक सदस्य प्रेम बहादुर बानियाले समेत संचार र संचार क्षेत्रमा भएको सकारात्मक कार्यहरुलाई सदैव निरन्तरता दिनु पर्ने र गलत कार्यहरुलाई सुधार गर्दै समाजलाई सही बाटोमा डोर्याउनमा बलियो बैसाखीको रुपमा उभिन आग्रह गर्नु भएको थियो ।
साझा टेलिभिजा एच.डीका प्रवन्धक नविन घिमिरेको अध्यक्षता गर्दै संचार गृहहरु समाचार लेख्ने र प्रकाश तथा प्रसारण गर्नेमात्र नभई समाजलाई सही दिशानिर्देश गर्ने संस्थाको रुपमा बिकास गर्न आवस्यक रहेको बिचार ब्यक्त गर्नु भयो। “नियमित कामको निरन्तरतासंगै नयाँ कार्यको थालनी गरी समाजलाई सकारात्मक सन्देश दिनुपर्छ” भन्ने उद्धेश्यले निर्देशित संचार गृहको रुपमा रहेको साझा टेलिभिजनले सैनामैना र कञ्चनमा रहेका संचारकर्मी र संचारगृहहरुको बिचको एकता र सहकार्यलाई अझ प्रगाढ बनाउने प्रयास कटिबद्ध भएको समेत टेलिभिजनका ब्यबस्थापक घिमिरेले बताउने भयो।
टेलिभिजनका समाचार प्रमुख छवि पाण्डेको संचालन तथा बजार ब्यबस्थापक चन्दा बस्यालको स्वागतमा भएको शुभकामना आदानप्रदान कार्यक्रम पश्चात दरखाने कार्यक्रम सहित कलाकार सुरेश परियार, चन्दा बस्याल, बिमल गैरे, कमला पाण्डे लगायतले तीज गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो।
प्रकाशित मिति: २०२४-०९-०२ , समय : ०९:००:४६ , ३ महिना अगाडि