मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अठारौं राष्ट्रिय दिवस मनाउने बिषयमा छलफल

उर्मिला यादव यात्री , ५५  पटक हेरिएको

भैरहवा, भदौ १५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अठारौं राष्ट्रिय दिवस २०८१ मनाउने बिषयमा बिहीबार बिभिन्न संघसंस्थाहरु संग छलफल गरेको छ । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानको अध्यक्षतामा बसेको बैठकमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अठारौं राष्ट्रिय दिवस बिभिन्न संघसंस्थाहरुले बिभिन्न किसीमका जनचेतनामुलक कार्यक्रम गरी मनाउने बताएका छन सं। रुपन्देहीको सिद्धार्थनगरमा रहेर मानवबेचबिखन तथा ओसारपसार न्युनीकरणका लागी काम गर्दै आएका संघसंस्थाहरुले बिभिन्न बिद्यालयमा जनचेतनामुलक कार्यक्रम गर्नुका साथै सिमानाका बेलहियामा पर्चापम्पलेट बितरण गरी यस बिषयमा जानकारी गराउने बताएका छन । यस्तै गरी माइती नेपाल भैरहवा शाखाले यहि भदौ १८ गते नवदुर्गा मा.बि र १९ गते महात्मा बुद्ध मा.बि. मा जनचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ भने आफन्त नेपालले यही भदौ १८ गते बेलहीयामा किशोरकिशोरीहरुको बिचमा सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्ने जनाएको छ । यस्तै गरी आषिस सामाजिक सेवा नेपालले साइग्लोबल एकेडेमीमा सचेतनामुलक कार्यक्रम गर्ने जनाएको छ भने थ्रि एन्जल्स ले सिनपा १० मा रहेको सुर्यदेव मा.बि. मा र शान्ति पुनस्थापना गृहले भदौ १७ गते भैरहवा नमुना माबिमा बिभिन्न संघसंस्थाहरुसंग सहकार्य गरी बिद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ । यस्तै गरी शुभअवसर ग्रामले रुपन्देही जिल्लामा मावन बेचबिखनको अवस्था , रोकथाम, उद्धार, तथा पुनस्थापनामा भएका प्रयास समस्या र चुनौती बिषयक सरोकारवाहरुसित अन्तक्रिया गरी समता टिभी मार्फत सोही दिन प्रसारण गर्ने जनाएको छ ।

कार्यक्रममा माइती नेपाल रुपन्देहीको संयोजक माया क्षेत्री , सामी कार्यक्रम संयोजक सीता पन्थ भण्डारी, शुभअवसर ग्रामका सत्यनारायण यादव, आफन्त नेपालकी शाखा प्रमुख पदमा आचार्य, थ्री एन्जल्स नेपालको शाखा प्रमुख कल्पना कडायत, एएसएस एनका जिल्ला संयोजक बिजया खत्री, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी निरीक्षक अमृता के.सी. , प्रहरी नायब निरीक्षक छाया बि.क., कम्युनिटी नर्सिंग निरीक्षक गीता देवी न्यौपाने , सिनपाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल लगायत सरोकारवाला संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०८-३१ , समय : १०:५४:३८ , ३ महिना अगाडि