लायन्स क्लवअफ सिद्धार्थनगर लेडीग्लिमद्धारा निशुल्क डेण्टल चेकजाच शिबिर

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा, भदौ १४

लायन्स क्लव अफ सिद्धार्थनगर लेडी ग्लिमले कोटहीमाई ३ मा निशुल्क डेण्टल चेकजाच शिबिर सम्पन्न छ । लायन्स क्लव अफ सिद्धार्थनगर लेडी ग्लिमको आयोजना तथा युसीएमएस भैरहवाको सहयोगमा बुधबार मयार्दपुर माध्यमिक बिद्यालय कोटहीमाई ३ का छात्र छात्राहरुको दातको चेकजाच गरिएको छ ।

युसीएमएसका दन्त चिकित्सक डाक्टर सुबोध कुमारको नेतृत्वमा ११ जनाको टोलि र प्रशासन अधिकृत तेज कुमार केसीको सहयोगमा ५ सय भन्दा बढीको छात्र छात्राहरुको दन्त स्वास्थ्य परीक्षण तथा दाँत, मुख, गिजा सम्बन्धी विशेष चेतनामूलक कार्यक्रम समेत संचालन गरिएको क्लवका अध्यक्ष लायन्स किरन गुप्ताले जानकारी दिनु भएकोे छ ।

लायन भारती यादवले संचालन गर्नु भएको कार्यक्रममा कोर्डिनेटर भारती अस्वनी, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदीप गौड, प्रधानाध्यापक घनश्याम पाण्डे, जनमत पार्टीक केन्द्रीय सदस्य रामु यादव, फस्ट डिष्ट्रिक्ट गभर्नर एम जे एफ लायन बालारम भट्टराई, एरिया चिफ एमजेफ लायन अभिनव मयुर कसौधन, , कोषाध्यक्ष रीना सिंघल, क्लब मेम्बर अनिता कलवार, अनु जैसवाल, अनुपमा जैसवाल, डिम्पी कान्दु सीमा श्रीवास्तव, लियो क्लव अफ रुपन्देही ग्लिमको प्रेसिडेन्ट लियो दिया गुप्ता लगायतको सहभागिता रहेको थियो । भने क्लवका अध्यक्ष लायन्स किरन गुप्ताको अध्यक्षता तथा डिष्ट्रिक्ट गभर्नर एम जे एफ लायन्स पुरुषोतम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०८-३० , समय : ०८:५१:१२ , २ महिना अगाडि