नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सांस्कृतिक कार्यक्रम शुरू

हसिना खातुन , ४८  पटक हेरिएको

सुनवल,भदौ ९

जेष्ठ नागरिक संरक्षण अक्षयकोषकाे स्थापना गर्ने उदेश्यका साथ नवलपरासीको सुनवलम श्रीकृष्ण जन्माष्टमी पुजा तथा विविध सांस्कृतिक कार्यक्रम शनिवारदेखि शुरू भएकाे छ । धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै ५२ फिट अग्लो श्रीकृष्णकाे मुर्तिकाे ऐतिहासिक महत्त्व प्रचार गर्ने उदेश्यका साथ सुरु भएको कार्यक्रमकाे समुद्घाटन पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य धुर्व बहादुर प्रधानले गर्नुभएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रधानले आफ्नाे क्षेत्रकाे पहिचान, आफ्नै माेैलिकता र विविधतामा भएकाेले यसकाे संरक्षण, सम्बर्द्धन र पहिचानलाई बुझ्नु एक महत्त्वपूर्ण कार्य भएकाे बताउनभएको छ ।

सकारात्मक चिन्तन र स्वच्छ मनाेभावनाले गर्ने कार्य सधै सफल रहेकाे भन्दै प्रधानले कृष्णधामकाे विकाश ,विस्तार र पहिचानका लागि आफ्नाे सहयाेग सदैब रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।

सुनवल सत्मार्ग बहुआयामिक समाज र श्रीकृष्ण धाम बिकास समितिकाे सयुक्त आयोजनामा भएकाे कार्यक्रमकाे पहिलाे दिन विभिन्न जातजाति, भाषा ,धर्म संस्कृति झल्कने बाजागाजा र पाेशाक सहित विभिन्न आमा समूह, विद्यालय, विभिन्न समाज द्घारा   प्रभातफेरि र कलशयात्रा  समेत निकालिएको थियाे ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका सुरक्षा आचार्यबाट  ३ दिनसम्म साङ्गितिक प्रवचन सहित महाआरती, भजन कृतन, कृष्णलिला र तिज गित प्रतियोगिता हुने श्रीकृष्ण जन्माष्ठमी पुजा ब्यवस्थापनका मुल संयोजक मोहन कार्कीले बताउनुभएकाे छ ।

पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमकाे संचालन र श्री कृष्ण जन्माष्टमी पुजा व्यावस्थापन मुल समिती संयोजक मोहन कार्कीको अध्यक्षता रहेकाे कार्यक्रममा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य दुबे,महाकवि देवकोटा क्यामपसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: २०२४-०८-२५ , समय : ०५:५८:३४ , २ महिना अगाडि