तिलोत्तमामा बाध्यवाधन तालिम सम्पन्न

चन्दा भुषाल , ४३  पटक हेरिएको

तिलोत्तमा, भदौ ८

महिला नेतृत्व मन्च रुपन्देहीले एक महिने बाध्यवाधन तालिम सम्पन्न गरेको छ। श्रावण ५ गतेदेखी शुरु भएको तालिम भाद्र ७ गते सम्म संचालन भएको थियो । अध्यक्ष बाला घिमिरेको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख खाँणले महिला दिदिबहिनीहरुलाइ बाध्यवाधन तालिम लगायत नेतृत्व बिकास र ब्यक्तित्व बिकासका तालिमबाट दक्ष बनाइ योग अभ्यासका तालिम पनि दिएर खुसि अनि स्वस्थ राख्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्थाका वरिष्ठ सल्लाहकार गङ्गा शाही र विशिष्ट अतिथीकै रुपमा वडा न. १६ का वडा अध्यक्ष दानबहादुर चौधरी लगायतका ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सन्चालन सस्थाका सह– सचिव रोशनि कुवँरले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थाका कोषाध्यक्ष रचना श्रेष्ठले गर्नुभएको थियो

प्रकाशित मिति: २०२४-०८-२४ , समय : २१:२२:३८ , २ महिना अगाडि