सांसद चौधरीद्धारा मतादाता माझ बिकासबारे छलफल

रुपन्देही खबर , ५३  पटक हेरिएको

नवलपरासी,भदौ २

संघीय सांसद एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले पश्चिम नवलपरासीको चौतर्फी विकास निमार्णको अवस्थाबारे आम मतदाताबिच छलफल गर्नुभएको छ । बर्दघाट ७ बेलाहानी स्थीत उहांको निजी निवासमा शनिबार आयोजीत सरोकारवालाबिच छलफल कार्यक्रममा जिल्लाको विगत बर्तमान र भावी विकास निमार्णको अवस्था बारे छलफल गर्नुभएको हो ।

छलफलमा सहभागी हुर्दै संघीय सांसद एवंम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद चौधरीले आफ्नो कार्य अवधीमा जिल्लामा भएको विभिन्न बिकासका योजना तथा आयोजनाहरुको प्रगती अवस्थाबारे मतदाता माझ जानकारी गराउनु भएको थियो ।

सो कार्यक्रममा सांसद चौधरीले बुटवल नारायण सडक खण्ड यसैगरी हुलासी सडक खण्डको प्रगती अवस्था, बर्दघाटमा काठमाण्डौ वाहीर पहिलो ट्रमा सेन्टर स्थापना, यसैगरी गण्डक क्षेत्रमा भईरहेको काम वारे बताउनुभएको थियो ।

सो अवसरमा मतदाताहरुले जिल्लाको चौतर्फी बिकास साथै आगामी योजना, र यस क्षेत्रको पुर्वाधार, सिंचाई खानेपानी, सुकुम्वासी समस्या लगायतका बिषय बस्तुमा मतदाताले सांसद चौधरीलाई ध्यानआकर्षण गराएका थिए ।

नेपाली काग्रेस नवलपरासी निर्वाचन क्षेत्र न. १ का संघीय सभापती मुकुल कुमार आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता जिल्ला सदस्य प्रेम कामुले संचालन गर्नुभएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, महिला संघकी केन्द्रिय सदस्य कमल पराजुली तिवारी, कांग्रेसका नेता राधेश्याम चौधरी,तरुणदलका केन्द्रिय सदस्य करिम खान, तरुण दलका जिल्ला अध्यक्ष शुक बहादुर गरुङ्ग , कांग्रेस नेता गणेश विश्वकर्मा, बर्दघाट नगरपालिका वडा न. ७ का वडा अध्यक्ष धुब्र थारु लगायतले संघीय सासंद विनोद चौधरीको पहलमा भएको जिल्लाको चौतर्फी बिकासका कार्यहरु वारे प्रशंशा गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रितमान कामु मगर, र बर्दघाट नगर खेलकुद बिकास समितीका संयोजक दिपक थापाले संयुक्त रुपमा जिल्लामा खेलकुद क्षेत्रको चोतर्फी बिकास वारे ध्यानआकर्षण गराउनुभएको थियो ।

सो अवसरमा अन्जु चौधरी, बिमला गुरुङ्ग, लोमा वाग्ले, दुर्गा उपाध्याय, गोपीकृष्ण न्यौपाने, कृष्णराम पौडेल, राजेन्द्र चौधरी ,कृष्ण बहादुर कामु, तिल प्रसाद श्रेष्ठ, चन्द्रकला सापकोटा , योजन गुरुङ्ग लगायतले आ आफनो विचार राख्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०८-१८ , समय : ०८:३९:३२ , ३ महिना अगाडि