हसिना खातुन , ३८ पटक हेरिएको
नवलपरासी,भदौ १
सामुदायिक सारथीको आयोजनामा सूचनाको हकसम्बन्धी प्रशिक्षण तालिम बिहिवार नवलपरासीमा सम्पन्न भएको छ । कार्यक्रममा संचार क्षेत्रमा आबद्ध रहेका तथा अभिरुचि राख्ने २५ जना सञ्चारकर्मीहरुको सहभागी रहेको २ दिने तालिम कार्यक्रममा ५ जना प्रशिक्षकले तालिम दिनु भएको थियो । कार्यक्रममा उथान विषयक सूचनाको हक सम्बन्धि, सूचनाको परिचय , सूचनाको कार्य , सूचना कारणसहितको प्रमाण , सूचनाको हक , सूचनाको हकको सिद्धान्तहरु , सार्वजनिक निकाय , सूचनाको वर्गीकरण , सूचना सम्बन्धि ऎन कानुन , सूचना अधिकारको व्यवस्था , सुचना अधिकारीको जिम्मेवारी ,वकालतको परिचयका साथै कार्ययोजना र सहकार्यका ,सशक्तीकरणका साथै सूचनाको हकको दुरुपयोग गरेमा जरिवाना लगायतका सजायको भागिदार हुने जानकारी गराइएको थियो ।
तालिममा सूचनाको परिचय , सूचनाको कार्य , सूचना कारणसहितको प्रमाण हुनु पर्छ र सुच्नाको हक , सूचनाको हकको वर्गीकरण , सूचनाको हक सम्बन्धि ऎन कानुन र निमावली र सूचना अधिकार ,सूचना अधिकारीको जिम्मेवारी र सूचनाको हकको दुरुपयोग गरेमा जरिवाना लगायतका सजायको भागिदार हुने प्रशिक्षक तारा बहादुर भण्डारी र लुबिना तुलाधरले प्रशिक्षण दिनु भएको थियो भने दोस्रो दिन वकालतको परिचय , यसको कार्ययोजना र सशक्तीकरण , क्षमता अभिबृद्धिका साथै आफ्नो परिचय आफै खोजी गर्नु पर्छ भन्ने कुराको जानकारी प्रशिक्षक लुनिभा तुलाधर , ताराबहादुर भण्डारी , कर्णबहादुर नेपाली र अनिता गुरुङले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको संचालन पत्रकार ब्रीजराज कुशवहाले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०८-१७ , समय : ०६:०८:४६ , ३ महिना अगाडि