नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

रुपन्देही खबर , ५१  पटक हेरिएको

नवलपरासी,साउन ३२

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नं १६ कालुचोक बस्ने ३० बर्षिय रमेश गुरुङ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आज बर्दघाट नगरपालिका १६ रसायली चोक अन्तर्गत त्रिवेणी भित्री सडक खण्डमा बर्दघाटबाट बरुवा तर्फ जादै गरेको लु २८ प ५४२० नम्बरको मोटरसाईकलले सोहि दिशाबाट जादै गरेको लु १ ह ४१६३ नम्बरको अटोमा ठोक्किदा आफै अनियन्त्रीत भइ बिद्यालयको साङ्केतिक बोर्डमा ठाेक्किएको थियो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका गुरुङलाई उपचारको लागी चिसापानी सामुदायिक अस्पताल चिसापानी पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रकाशित मिति: २०२४-०८-१६ , समय : २१:११:२९ , २ महिना अगाडि