रुपन्देही खबर , ५६ पटक हेरिएको
भैरहवा,साउन ३२
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सिद्धार्थनगर–९ उदयपुरमा संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्व संध्यामा कार्यक्रमको आयोजना गरिएको बताउदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताउनु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले संगठनले समयसापेक्ष कार्यक्रम गरेको र पछिल्लो समय रगतको माग बढेको बताउनु भयो। उहाले ‘स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्ने र रगतले मानिसको ज्यान बचाउनमा मद्दत पुगेको उल्लेख गर्नु भयो ।
रेडक्रस सोसाइटीले धेरैपटक रक्तदान गर्ने रक्तदाता र संघ–संघ संस्थालाई सम्मान गर्दै आएको उहाले जानकारी दिनु भएको छ ।संगठनका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक राम प्रसाद श्रेष्ठको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाईको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० यूनिट रगत संकलन भएको उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले जानकारी दिनु भएको छ यस्तै गरि संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते शनिबार (भोलि) हुने वाणिज्य उपाध्यक्ष राम मिलन यादवले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-०८-१६ , समय : २०:२४:४३ , ३ महिना अगाडि