रुपन्देही खबर , ४१ पटक हेरिएको
नवलपरासी,साउन ३१
नवील बैकको सहकार्यमा पश्चिम नवलपरासीको बर्दघाट स्थित दिब्यज्योती बहुमुखी क्यापसमा सञ्चालीत नवील सामाजीक उद्यमशिलता कार्यक्रम अन्तर्गत पहिलो ब्याचका प्रशिक्षार्थीलाई दिक्षान्त गरिएको छ । कार्यक्रम विच द्धिक्षित हुने प्रशिक्षार्थीहरुलाई बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ , चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारीक चौधरीले संयुक्त रुपमा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले चौधरी फाउण्डेसन र नवील बैकको सहकार्यमा भएको नवील सामाजीक उद्यमशिलता कार्यक्रमबाट यस क्षेत्रमा युवा उद्यमशिलतको दृष्टिकोणले नंया आयाम स्थापना हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।
सो अवसरमा क्याम्पस सञ्चालक समिती अध्यक्ष पुन्य प्रसाद पौडेल, क्याम्पस प्रमुख सागर मणी पाण्डे, नवील बैकका लुम्विनी प्रादेशिक प्रमुख अमीक केसी , चौधरी फाउण्डेसनका प्रवन्ध निर्देशक मेरीना रन्जीत , प्रशिक्षार्थी दिपक बहादुर गुरुङ्ग , योगमाया गुरुङ्ग लगायतले उक्त कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभएको थियो ।
पहिलो ब्याचको कार्यक्रममा २५ जना युवा युवती सहभागी भएका थिए । संघीय सांसद बिनोद चौधरीले यस क्षेत्रमा युवा युवतीलाई ब्यापार ब्यवासाय साथै उद्यमशिलता तर्फ अग्रसर बनाउन यस प्रकारका कार्यक्रम ल्याउने सहजीकरण गर्नुभएको हो ।
कार्यक्रममा सहभागी भएको युवा युवतीलाई उद्यमशिलता तर्फ अघि बढाउने नवील बैकले आवश्यकता अनुसार ब्यापारको योजना अनुसार न्युनत्तम ब्याजमा कर्जा प्रवाह गर्ने छ । करिव ६ महिना सम्म चलेको उक्त कार्यक्रममा ,समग्र रुपमा ब्यापार ब्यवसायको अध्ययन ,ब्यापार गर्ने तरीका, बजारीकरणको अध्ययन , आपुर्ति र माग साथै ब्यापारको दिर्घकालीन बिषय बस्तु वारे प्रशिक्षण दिइएको थियो ।
प्रकाशित मिति: २०२४-०८-१५ , समय : १६:४७:२५ , ३ महिना अगाडि