रुपन्देही खबर , ४३ पटक हेरिएको
भैरहवा, साउन ३१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने हुनु भएको छ । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्रयोजनका लागि पत्र पठाइ सक्नु भएको छ। त्यस दिनको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी विषय कार्यसूचीमा राखिएको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिनु भएको छ । आचार्य ७ साउनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।
एमाले र कांग्रेसका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्य मन्त्री बन्नु भएको उहाँले सहजै विश्वासको मत पाउनु हुनेछ ।सरकारलाई पूर्णता दिन अझै बाँकी छ । कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको तयारी छ ।
प्रकाशित मिति: २०२४-०८-१५ , समय : १२:१४:२३ , ३ महिना अगाडि