रुपन्देही खबर , ६१ पटक हेरिएको
काठमाण्डाै, साउन ३०
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डाैमा झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
प्रहरीले झालाई गएको असार १४ गते पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो । केसीले आफूलाई यस प्रकरणका मुख्य व्यक्ति सानु भण्डारीले मन्त्रिपरिषदबाट निर्णय गराउनका लागि झाले रकम माग गरेको भन्ने बयान दिएका थिए ।
यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाण्डाैले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन । बेचन झाले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । उनले भुटानी शरणार्थीसम्बन्धी आफूलाई केही जानकारी नभएको बताएका छन् । झाले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयान दिएका छन् ।
त्यस्तै रामशरण केसीले भनेको अडिओमा आफ्नो आवाज नरहेको र आफू आवाज परीक्षण गर्न पनि तयार रहेको बताएका छन् ।
प्रकाशित मिति: २०२४-०८-१४ , समय : १५:०४:२८ , ४ महिना अगाडि