रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

रुपन्देही खबर , ६८  पटक हेरिएको

भैरहवा, साउन २९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई नाबालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका २० वर्षीय शिवनाथ गौतम, भैरहवा–४ (परिवर्तित नाम) र भैरहवा–७ (परिवर्तित नाम) रहेका छन् । आरोपी दुई जना नाबालक रहेकोले उनीहरुको नाम, ठेगाना सार्वजनिक गरिएको छैन ।

मोटरसाईकल चोरी भएपछि सवारीधनीहरुले दिएको उजुरीको आधारमा आवश्यक अनुसन्धान र खोजतलास गर्ने क्रममा चोरिएका तीन वटा मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवंम डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनु भएको छ । उहाका अनुसार
पक्राउ परेका तिनै जनाको साथबाट लु ५० प ७६५, लु ३५ प ६३८८ र लु ४९ प ४२ नम्बरको पल्सर मोटसाइकल बरामद भएको छ । पक्राउ परेका तिनै जनालाई रुपन्देही जिल्लाअदालतबाट म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-१३ , समय : २१:२३:११ , २ महिना अगाडि