रुपन्देहीमा बिभिन्न मुद्धाका फरार प्रतिवादीहरु पक्राउ

रुपन्देही खबर , ४६  पटक हेरिएको

भैरहवा, साउन २७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धकधई बाट खटिएको प्रहरी टोलीले २०६९ जेठ २३ गते जिल्ला अदालतको फैसला बमोजिम कुटपिट अंगभंग मुद्धामा २ बर्ष कैद सजाय भएका ओमसतिया गाउँपालिका वडा नम्बर ५ बस्ने महेश कुमार चाईलाई पक्राउ गरेको छ । यस्तै गरी इलाका प्रहरी कार्यालय रुद्रपुर बाट खटिएको प्रहरी टोलीले २०४६ साल चैत ३ गतेको फैसला बमोजिम सरकारी जग्गा आवाद मुद्धामा तीन हजार आठ सय ६१ रुपैया १६ पैसा जरिवाना फैसला भएका कञ्चन गाउँपालिका वडा नंम्बर ३ चिरविरे भन्ने देव बहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै गरी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले २०५० साल माघ २७ गतेको फैसला बमोजिम बाली बिगो मुद्धामा रु एक हजार जरिवाना फैसला भएका देवदह नगरपालिका वडा नंम्बर १२ बस्ने पुर्ण बहादुर कुँवरलाई पक्राउ गरेको छ । यस्तै गरी २०५० साल माघ २७ गतेको फैसला बमोजिम गाली वेईजत्ती मुद्धामा रु एक हजार जरिवाना फैसला भएका देवदह नगरपालिका वडा नं ६ बस्ने शेर बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।

यस्तै गरी २०५० माघ २७ गतेको फैसला बमोजिम चोरी अन्य मुद्धामा रु ६ सय ७३ रुपैया ५५ पैसा जरिवाना फैसला भएका देवदह नगरपालिका वडा नम्बर ३ बस्ने विर बहादुर खम्चाको ज्वाई माइलालाई पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । यस्तै गरी २०४७ साउन ३० गतेको फैसला बमोजिम चोरी अन्य मुद्धामा रु ६ हजार ७३ रुपैया ५५ पैसा जरिवाना फैसला भएका देवदह नगरपालिका वडा नंम्बर ३ बस्ने मान बहादुर मगरलाई पक्राउ गरेको छ । फरार प्रतिवादीहरुलाई जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०८-११ , समय : २२:४९:३२ , २ महिना अगाडि