दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही खबर , ४६  पटक हेरिएको

दाङ, साउन २०

दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
घोराही उपमहानगरपलिका – १५ का ३९ बर्षीय कुलबहादुर बस्नेतको टिप्परको ठक्करबाट मृत्यु भएको हो । दाङ प्रहरीका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेतले चलाएको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो ।

टिप्पर घोराहीबाट तुलसीपुर तर्फ आउँदै थियो भने मोटरसाइकल घोराही तर्फ जाँदै थियो। ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठिान घोराही लगिएकोमा उनको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०८-०४ , समय : ११:०१:३० , ३ महिना अगाडि