रोहिणीमा ५८ करोड, ७९ लाख ५४ हजार रुपैयाको बजेट सार्वजनिक

उर्मिला यादव , १००  पटक हेरिएको

भैरहवा, साउन १६

रुपन्देहीको रोहिणी गाउपालिकाले आगामी आर्थिक वर्ष २०८१|८२ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार धकधइमा आयोजित १५ औं गाउसभामा गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले नीति तथा कार्यक्रम र उपाध्यक्ष शिवकान्ती चमारले बजेट सार्वजनिक गर्नु भएको हो । गाउपालिकाले आर्थिक ,सामाजिक, पुर्वाधार बिकास, र संस्थागत सुशासन मार्फत गरिबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने उदेश्यका साथ नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

रोहिणी गाउपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागी ५८ करोड, ७९ लाख ५४ हजार रुपैयाको बजेट ल्याएको छ । विनियोजित बजेटमा आ.व. ०८१÷८२ मा २ करोड ६१ लाख १४ हजार आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ । संघीय सरकारबाट ४८ करोड ६५ लाख र प्रदेश सरकारबाट ३ करोड, ११ लाख १४ हजार ,बैंक मौज्दात ३ करोड, ७० लाख , जिल्ला समन्व्य समितीबाट ७२ लाख गरी ५८ करोड, ७९ लाख ५४ हजार रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

कुन शिर्षकमा कति बजेट ?

गाउपालिकाले ल्याएको बजेटमा रोहिणी गाउपालिकाको खाद्य सुरक्षा र पोषणका लागी कृषि क्षेत्रको प्राथमिकीकरणमा १ करोड २५ लाख, चैते धान प्रबद्र्धन कार्यक्रमका लागी १० लाख, माछा पालन कृषक प्रोत्साहन तथा नया माछा पकेट बिकास संचालन गर्न १५ लाख, रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारी सिर्जना गर्न ३६ लाख ९४ हजार ,स्वास्थ्य क्षेत्रको औषधी ब्यपस्थापन तर्फ १० लाख ९३ हजार, सुत्केरी महिलालाई उपाध्यक्ष सुत्केरी प्रोत्साहन तर्फ १० लाख , शिक्षा तर्फ २० लाख ७६ हजार, पुर्वाधार बिकास तर्फ ३ करोड, ब्यक्तिगत घटना दर्ता प्रणाली ब्यवस्थित र अद्यावधिक नीती अवलम्बन गर्न ४ लाख ९५ हजार, समपुरक योजनाका लागी २ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले ‘स्वच्छ रोहिणी समृद्ध रोहिणी भन्ने दीर्घकालिन सोचलाई साकार पार्ने गरी नीति तथा कार्यक्रम तयार पारिएको बताउनु भएको छ । नीति तथा कार्यक्रममा गाउपालिकामा आर्थिक बिकास, सामाजिक बिकास, सुशासन तथा संस्थागत बिकास, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच, कृषिको आधुनिकिकरण,ब्यवसायीकरण र बजारीकरण पर्यटन र उद्योग व्यापार क्षेत्रको विस्तार र विविधिकरण, दीगो विकास, वातावरण तथा बिपद ब्यवस्थापन, सामाजिक सुरक्षा तथा संरक्षण, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद बिकास र सन्तुलित तथा गुणस्तरीय विकासलाई प्राथमिकता दिइएको छ ।
गाउपालिकामा शासकिय प्रबन्ध,सेवाप्रवाह,बिकास निमार्णका लागी आवश्यक पर्ने धेरै कानुनहरु निर्माण भैसकेको र हाल सम्म २३ ऐन, ५ नियमावली, २५ कार्यबिधी , र ७ निर्देशिकाहरु गरी ६० वटा कानुनहरु तयार भइ कार्यान्वयनमा आएको गाउपालिका अध्यक्ष यादवले बताउनु भयो । गाउपालिकाको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागीतामूलक बनाइने, आर्थिक, सामाजिक, पुर्वाधार बिकास र संस्थागत सुशासन मार्फत गरिवी निवारण गरी समृद्ध रोहिणी निमार्ण गर्ने , सर्वसुलभ गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको पहुच नागरिकमा पुरयाउने, जेष्ठ नागरिक सम्मान साथै लक्षित बर्गको सशक्तिकरणमा जोड दिइने, बिपद ब्यवस्थापनलाई उच्च प्राथमिकता दिने अध्यक्ष यादवले बताउनु भयो ।

स्वच्छ रोहिणी समृद्ध रोहिणी भन्ने दीर्घकालिन सोच सहित आ.ब.२०८१।८२ को गाउँपालिकाको नीति तथा कार्यक्रम
१) आर्थिक विकासः–

१. कृषिलाई आद्युनिकीकरण, व्यवसायीकरण तथा बजारीकरण गर्न अभिप्रेरित गरिनेछ । व्यवसायिक तथा साना कृषकहरूलाई अनुदानको ब्यवस्था गरिनेछ ।
२. गाउँपालिका क्षेत्रभित्र उत्पादन गर्न सकिने कृषिजन्य, तरकारीजन्य, फलफुल, मासुजन्य तथा दूधजन्य वस्तुहरुमा गाउँपालिकालाई आत्मनिर्भर र व्यवसायिक वनाउन विशेष कार्यक्रम संचालन गरिनेछ ।
३. खुल्ला मासु विक्रिवितरण परिपाटिको अन्त्य गरी स्वस्थ मासु विक्रि–वितरणको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
४. कृषि पेशालाई सम्मानित र व्यवसायिक वनाइ कृषिमा आधारित जनताको जीवनस्तर सुधार गर्न कृषकहरुको तथ्याङ्क संकलन गरी निश्चित मापदण्डको आधारमा कृषकको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
५. कृषि उपज तथा कृषिजन्य उत्पादनमा वृद्धि गर्न सिञ्चाई सुविधा प्रवर्धन गर्ने नीति अबलम्बन गरिनेछ ।
६. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ब्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने छ ।
७. व्यवसायीक कसानहरूलाइ वजारीकरण र उध्धमिशलता सम्वन्धी क्षमता वकास गरिनेछ ।
८. व्यवसायिक पशुपालक कृषकलाई उत्पादन बढाउनको लागि यान्त्रिकरण र मेसिनरी औजार लगायतका समान अनुदानमा उपलब्ध गराईनेछ ।
९. दीर्घकालिन कृषि योजनाले अवलम्बन गरेका नीतिहरुका आधारमा खाद्यान्यवाली,नगदेवाली, तेलहनवाली, दलहनवाली, च्याउखेती, व्यवसायिक तरकारी खेती, माछापालन, कुखुरापालन तथा पशुपालनको लागि नश्ल सुधार तथा धान र गहुँ वालीको पकेट क्षेत्रको रूपमा विकास गर्न संघीय र प्रदेश सरकारको समेत सहयोगमा गाउँपालिकाले प्राथमिकता दिनेछ ।
१०. कृषि विकास र उत्पादन वृद्धिका लागि सिञ्चाई सुविधा अभिवृद्धि हुने सबै सम्भावित कार्यमा गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ ।
११. सघीय सरकारको सहयोगमा माछाको पकेट क्षेत्र विकास र विस्तारको लागि किसानलाई अभिप्रेरित गरिनेछ ।
१२. विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेको सीपको विवरण समेत रोजगार सेवा केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तह भित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग र कृषि लगायतका क्षेत्रका रोजगारदातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने व्यवस्था
मिलाईनेछ ।
१२. आर्थिक रुपले अति विपन्न श्रमिक तथा मजदुरलाई रोजगारी उपलब्ध गराउन श्रममुलक प्रविधीको प्रयोग गरी कार्यान्वयन गरिने आयोजनाहरु छनौटमा प्राथमिकता दिइने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारहरुलाई रोजगारिको अवसर प्रदान गरिनेछ ।
१३. गाउँपालिका भित्र रहेका सम्पूर्ण मजदुरहरुको अभिलेख राख्ने व्यवस्था मिलाईनेछ र मजदुरहरुको स्वास्थ्य उपचार र उनीहरुका बालबालिकाकोशिक्षाको सुनिश्चितताको लागि कार्यविधि तयार गरी मजदुर हित तथा कल्याणकोषको व्यवस्था गरिनेछ । सोको लागि औद्योगिक व्यवसायीहरुसँग सहकार्य, समन्वय र सहयोगको वातावरण मिलाईनेछ ।
१४. गाउँपालिकाभित्र रहेका ऐलानी, पर्ती , सार्वजनिक जग्गा, सार्वजनिक पोखरी, कुलो जस्ता सार्वजनिक महत्वका सम्पत्तिको नक्साङ्कन र सिमाङ्कन गरी संरक्षण गर्ने नीति अबलम्बन गरिनेछ ।

१५. सहकारीका सात सिद्धान्तको अनुसरण गर्दै सहकारी संघ संस्थालाई प्रोत्साहन हुने किसिमका कार्यहरु संचालन गरि स्व–रोजगारलाई प्रवर्द्धन गरिनेछ । गाउँ– गाउँमा सहकारी घर घरमा रोजगारी राष्ट्रिय नीतिलाई आत्मासाथ गरि सहकारीको प्रवर्द्धन र आत्मनिर्भर कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
सहकारीलाई तालिम प्राविधिक ज्ञान सीप सहितको क्षमता विकास गरिनेछ ।
१७. यस गाउँपालिका क्षेत्रमा उद्योग,व्यवसाय र व्यापार संचालनमा गाउँपालिकाले सहयोगी र समन्वयकारी भूमिका निभाउने छ । रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगारहरुलाई निजी क्षेत्रबाट समेत रोजगारीको अवसर उपलब्ध गराई रोहिणी गाउँपालिकाभित्र सञ्चालित उद्योगहरुमा स्थानीयबासीको अपनत्व सृजना गर्न र रोजगारीको अवसरबाट जीवनस्तर उठाउन मद्दत गर्न उद्योगी व्यवसायीहरुसँग समन्वय र सहजीकरण गर्ने नीति अवलम्वन गरिनेछ ।साथै उद्योगहरुलाई आवश्यक पर्ने सीपयुक्त जनशक्तिपूर्तिको लागि उद्योगहरुको सहकार्यमा सीपमुलक तालिमको व्यवस्थापन गरिनेछ ।
१८. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा रोहिणी गाउँपालिकाका पोखरीहरु सुन्दरीकरण गरि रमणीय वातावरणमैत्री पार्क, व्ययामशाला स्थापना र सञ्चालन गरि आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ ।
ख) सामाजिक विकास
स्वास्थ्यः
१९. धकधईमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको कार्य यसै वर्षबाट शुरु गरिनेछ ।
२०. नेपाल सरकारको नीति अनुसार अत्यावश्क स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउन तोकिएका औषधीहरुको अभाव हुन दिईने छैन ।
२१. पिपरहवा स्वास्थ्य चौकीको निर्माण कार्य यसै आर्थिक बर्षमा सम्पन्न गरिनेछ ।
२२. औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाईप्रभावकारी व्यावस्थित र गुणस्तरीय बनाईनेछ ।
२३. स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सबै स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित रुपले सञ्चालन गरिनेछ । पुराना स्वास्थ्य संस्थाहरुका भवनहरु लाई प्रदेश सरकार र संघीय सरकारसँग अनुरोध गर्दै नयाँ ढाँचामा निर्माण गर्दै लगिनेछ ।
२४. गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ । रोहिणी गाउँपालिकाबाट भैरहवासम्म जान र सबै स्वास्थ्य संस्थाबाट सुत्केरी पश्चात घरमा फर्कदा एम्बुलेन्स शुल्क नलाग्ने व्यवस्था मिलाईनेछ ।
२५. अस्पताल, स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाईबाट प्रदान गर्ने खोप सेवा,सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य, पोषण लगायतका जनस्वास्थ्य सेवाहरु र उपचारात्मक सेवाको लागि आवश्यकऔषधी
उपकरण तथा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिइ उचित व्यवस्थापन गरिनेछ ।
२६ मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार विरामीलाई सहायता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

२७. खोप, सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, पोषण जस्ता जनस्वास्थ्यसँग सम्बन्धित आधारभुत सेवा सुविधालाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गराई उचितरुपमा परिचालन गरिनेछ ।
२८. आमा र शिशुको स्वास्थ्यलाई ध्यान राखि बर्थिङ्ग सेन्टर तथा अस्पतालमा सुरक्षित सुत्केरी गराउन प्रोत्साहन गर्ने र बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराइएका रोहिणी गाउँपालिका भित्र स्थायी बसोबास भएका सुत्केरी महिलालाई कार्यविधि बनाई श्रावण १ गते देखि नै कार्यान्वयन गर्ने गरी उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम संचालन गरी पोषण सामाग्री उपलब्ध गराउने कार्यक्रमलाईनिरन्तरता दिइनेछ ।
२९. गाउँपालिकाका सवै वडा तथा टोलहरुलाई नियमित खोप सुनिश्चितताका लागि जनस्वास्थ्य कार्यालयसंगको समन्वयमा स्थानीय सामुदायिक संस्था, स्वास्थ्यकर्मी र महिला स्वयम् सेविकालाई अझ बढी क्रियाशिल बनाईदै लागिनेछ ।
शिक्षाः–
३०. “गुणस्तरीय शिक्षाको लागि विव्यस अध्यक्ष , प्रधानाध्यापक, विषयगत शिक्षक र विद्यार्थीहरूलाइ लक्ष्य दिइनेछ । सवै विध्यालयहरूले कुल विध्यार्थी संख्याको कम्तीमा ५० प्रतिशत विद्यार्थी उत्तीण गराउनका लागि कार्यसम्पादन करार सम्झैता गरेनेछ । बालबालिकालाइ विद्यालयमा अनिवार्य पठाउँ, सिकाउँ र टिकाउँ भन्ने अभियान सहित सामुदायिक तथा धार्मिक विद्यालयहरुमा भौतिक पुर्वाधारविकाससँगै गुणस्तर वृद्धिमा जोड दिइनेछ र राम्रो नतिजा ल्याउने विद्यालयहरुलाई क्रमशः पुरस्कृत तथा सम्मान गरिनेछ ।
३१. शैक्षिक क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, पारदर्शी र अनुमानयोग्य बनाउन तथा जनशक्ति व्यवस्थापन गर्न गाउँपालिकाको शिक्षा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
३२. विद्यालयमा कार्यरत प्रशासन सहायकहरुका लागि मौजुदा तलब भत्तामा प्रतिमहिना रु. ३ हजारका दरले थप गरि उपलब्ध गराइनेछ ।
३३. प्राविधिक शिक्षा आर्जन गरेका बिद्यार्थीहरुले सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने सम्भावना रहेकोले संघ र प्रदेशको सहयोग र समन्वयमा प्राविधिक शिक्षाको विकास र बिस्तार गर्दै लगिनेछ ।
३४. रोहिणी गाउँपालिकाको इतिहास, भूगोल, संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, आर्थिक–सामाजिक, क्रियाकलाप र पर्यटकीय स्थल झल्किने गरी स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ ।
३५. सबै वर्गका बालबालिकाहरुको बिद्यालयमा पहुँच स्थापित गर्दै शैक्षिक गुणस्तरको सुनिश्चितता प्रदान गरिनेछ । सबै बिद्यालयहरुमा बालमैत्री भौतिक पूर्वाधार निर्माणमार्फत संस्थागत सक्षमता अभिबृद्धि गरिनेछ ।
३६. प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी सबै सामूदायिक विद्यालयहरुलाई कलरकोड लागु गरी रंगरोगन गरिनेछ ।
३७. शिक्षकहरुको क्षमता विकास गर्नको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
३८. मुस्लिम समुदायका छात्र–छात्राहरुको शिक्षामा सहज पहुँच बृद्धि गर्न धार्मिक बिद्यालयहरु(मदरसा)को भौतिक पूर्वाधार निर्माण र शैक्षिक वातावरण निर्माणमा ध्यान दिइनेछ

३९. आजका बालबालिका भविश्यका कर्णधार हुन भन्ने यथार्थलाई आत्मसात गर्दै बालबालिकाको सर्वसुलभ शिक्षा, स्वास्थ्य र पोषणमा ध्यान दिइनेछ । सार्वजनिक विद्यालयका बालबिकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवाखाजाको ब्यवस्था गरिनेछ ।
४०. सबै विद्यालयहरुको कार्यसम्पादन मुल्याङ्कन गरी विद्यालयको श्रेणी मापन गरिनेछ ।
४१. विद्यालयमा कार्यरत जनशक्तिको मनोवल उच्च राख्ने कार्यलाई प्राथमिकता दिईनेछ । आवश्यकता अनुसार कार्य क्षेत्र र जिम्मेवारी समेत हेरफेर गरी कर्तब्य प्रति लगनशील हुन अभिप्रेरित गरिनेछ । विद्यालय जनशक्तिको कार्यसम्पादनलाई नतीजासँग आवद्ध गर्नका लागि कार्यसम्पादन करार गरिनेछ ।
४२. छात्राहरुलाई नियमित विद्यालय आउने वातावरण श्रृजना गरिने छ र संघीय सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनिटरी प्याड निःशुल्क र भरपर्दो तरिकाबाट उपलब्ध गराइनेछ ।
४३. बुद्धकालीन रोहिणी सभ्यताको उत्थान विकास संरक्षण र प्रवर्द्धनका लागि प्रचारप्रसार अभिमूखिकरण र अन्तर्क्रिरयाका लागि आवश्यक पहल गरिनेछ ।
४४. विद्यालय स्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै पठ्न पाठनलाई गुणस्तरीय एवम् समयानुकुल बनाइनेछ ।
४५. संघीय सरकार र प्रदेश सरकारको सहयोगमा क्रमशः सबै मावि र निमिवहरूमा विज्ञान प्रयोगशालाको उचित ब्यवस्था गरिनेछ ।
४६. शैक्षिक कार्यक्रमहरुलाई प्रभावकारी र पारदर्शी तरीकाले कार्यान्वयन गरिनेछ ।
४७. विद्युतीकरण नभएका विद्यालयहरुमा विद्युत ब्यवस्थापन गरिनेछ ।
४८. वातावरण मैत्री तथा हरित विद्यालय सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४९. अभिभावक, शिक्षक, विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
५०. बालवालिकाको प्रतिभा प्रस्फुटनका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ । अन्तरपालिका र जिल्ला स्तरमा प्रतिस्पर्धा गरि नाम राख्ने विद्यार्थीलाई प्रोत्साहन दिइनेछ
युवा तथा खेलकुदः
५१. राष्ट्रका लागि खेलकूद र स्वास्थ्यका लागि खेलकूद भन्ने मान्यता अनुसार युवा केन्द्रित खेलकूद कार्यक्रम सञ्चालन गरिनेछ ।
५२. राष्टपति रनिडशिल्ड तथा अध्यक्षकप भलिवल प्रतियोगिता सञ्चालन गरी खेल संस्कृतिको विकास गरिनेछ ।
५३. विद्यालय स्तरका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु
सञ्चालन गरिनेछ ।
५४. युवाहरुमा उद्यमशीलता, सृजनशीलता एवम् सकारात्मक सोचको विकास गर्ने अभिप्रायका साथ सोही
अनुरुपका सीप र क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।

खानेपानी तथा सरसफाईः–

५५. धकधई खानेपानी आयोजना लगायत रोहिणीका उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाहरुलाई
विस्तार गर्न पहल गरिनेछ ।
५६. समूदायको प्रत्यक्ष संलग्नतामा खानेपानीको व्यवस्थापन गरिनेछ ।
५७. खुला दिसामुक्त गाउँपालिका भैसकेकोले टोल विकास संस्थाहरु र समुदायको अगुवाई र सक्रियतामा पूर्ण
सरसफाईका क्रियाकलापहरु आरम्भ गरिनेछ । हाम्रो रोहिणी सुन्दर र सफा रोहिणी भन्ने नाराका साथ सरसफाईलाई सभ्यता र स्वास्थ्यको दृष्टिकोणबाट हेर्न जनमानसलाई सचेत गराईनेछ ।
५८. गाउँपालिकाले खानेपानी तथा सरसफाईका सम्बन्धमा तयार गरिएको रणनीतिक योजनाले मार्गदर्शन
गरे बमोजिमका कार्यक्रमहरु कार्वान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
महिला बालबालिका ज्येष्ठ नागरिक लगायत लक्षित समुदायः
५९. वालवालिकासम्वन्धी तथा लैंगिक शशत्तिकरण सम्वन्धी गाउँपालिकास्तरीय नीति तथा कानुनहरू
वनाइ कार्यान्वयन गरिनेछ । अध्यक्ष बालिका बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६०. कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन स्वरुप साईकल उपलब्ध गराइनेछ।
६१. महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र वहिष्करण अन्त्यका लागि लैंगिक समानता तथा महिला सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
६२. बालमैत्री स्थानीय शासन प्रक्रिया अगाडि वढाइनेछ ।
६३. अपाङ्गताको प्रकृति अनुरुप आय आर्जनको लागि तालिम तथा सुविधाजनक सामग्री वितरणको
ब्यवस्था मिलाईनेछ ।
६४. सवै वडा तथा टोलहरुलाई बालमैत्री घोषणा गर्न आवश्यक कार्यहरु गरिनेछ ।
६५. राष्ट्रिय सांस्कृतिक धरोहर लगायत विभिन्न जाती र समुदायका परम्परागत सम्पदाहरुको संरक्षण र
सम्वर्द्धन गर्ने कार्यलाई जोड दिइनेछ।
६६. छुवाछुत मुक्त समाज निर्माण र जातीय विभेद मुक्तिका लागि जनचेतना र पहुँच अभिवृद्धि कार्यक्रम
सञ्चालन गरिनेछ ।
६७. अपांङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर र स्वाभिमान बनाउनका लागि समान अवसर तथा सेवा
सुविधामा पहुँच बढाउन उनीहरुको सहयोग पुग्ने किसिमका कार्यक्रमहरु सञ्चालन गरिने छ । घर परिवार
र समाजमा फरक क्षमता भएका ब्यक्तिलाई माया गर्ने वातावरण श्रृजना गर्न सचेतनामुलक कार्यक्रम
सञ्चालन गरिनेछ । ग बर्गका अपाङ्गता भएका व्यक्तिलाई वार्षिक रु. ५००० का दरले सामाजिक
सुरक्षा रकम उपलब्ध गराइनेछ ।
६८. जेष्ठ नागरिकहरुको आधारभुत अधिकारको संरक्षण गर्दै उनीहरुको लागि सम्मानजनक तथा
सन्तुष्टिपूर्वक जीवनयापनका आवश्यक कार्यक्रम कार्वान्यन गर्ने तर्फ जोड दिइने छ । जेष्ठ नागरिकलाई
माया र सम्मान गर्ने नीति लिईनेछ ।
६९. रोहिणी गाउँपालिका भित्रका ६० वर्षभन्दा माथिका मधुमेह तथा उच्च रक्तचापका विरामीहरुका लागि
निःशुल्क आधारभुत औषधी उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ ।

७०. ज्येष्ठ नागरिक (८० वर्ष भन्दा माथि) का र क वर्गका अपाङ्गहरुका लागि कार्यतालिका बनाई
स्वास्थ्यकर्मीद्धारा घरदैलो स्वास्थ्य जाँच तथा उपचार कार्यक्रम सञ्चालन गरिनेछ ।
७१. घर नभएका अति विपन्न परिवारलाई संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा तथा गाउँपालिकाको समेत आफ्नै लगानीमा घर निर्माण गराई नागरिकहरुको आवासको सुनिश्चितता प्रदान गर्ने नीति लिईने छ ।सुरक्षित नागरिक आवास कार्यक्रमलाई आर्थिक वर्षको शुरुबाट नै कार्यान्वयन गर्न पहल गरिनेछ ।खर÷फुसको छाना मुक्त पालिका घोषणा गरिनेछ ।
७२ सीमान्तकृत विपन्न तथा अति गरीवहरुका लागि आयआर्जन सम्बन्धी सीपमुलक कार्यक्रम गरिनेछ ।
७३. दलित वर्गको उत्थान,विकास, संरक्षण, सम्वर्द्धन, सशक्तीकरण र आयआर्जनका लागि जोड दिईनेछ ।
७४. मुस्लिम तथा पिछडिएका वर्गको आय आर्जन, सीप विकास जस्ता प्रत्यक्ष फाईदा प’ग्ने कार्यक्रमहरु
सञ्चालन गरिनेछ ।
७५. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै किसिमका
अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ ।
७६ सबै जात,जाति वर्ग समुदायको धर्म, संस्कृतिको सम्मान र संरक्षण गरिनेछ ।
सामाजिक सुरक्षा तथा संरक्षणः–
७७.भ्ँत् माध्यमबाट विथरण हुदै आएको सामाजिक सुरक्षा भत्तालाई अझ सरल र छिटो तरिकाले भुक्तानी गर्ने ब्यवस्था मिलाइनेछ । विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा प्रणालीमा सहजीकरण गर्ने
कर्मचारीहरुलाई प्रोत्साहन गरिनेछ ।

ग) पूर्वाधार विकासः
७८. विकासका पूर्वाधारमा सडक पहिलो शर्त हुनाले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिइनेछ ।
सडक स्तरोन्नतीसँगै नाली निर्माण गरिनेछ ।
७९. रोहिणी वडा नं १ र २ जोड्ने रोहिणी नदीमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।
८०. सबै सडकहरुको मापदण्ड निर्माण र नामाकरण गरिनेछ ।
८१. सडकको क्षेत्राधिकार (चौडाई) पुर्याउने दायित्व सडकको दायाँ वायाँ घर जग्गा हुने नागरिकको हुने हुंदा सबै नागरिकहरुलाई सकारात्क सोँच, भावना र बिचार सहित विकास निर्माणमा पूर्णरुपमा सघाउ पु¥याउन गाउँपालिका हार्दिक अनुरोध गर्दछ । यदि ठूलो विवाद भई योजना कार्यान्वयन हुन नसक्ने
वातावरण सृजना भएमा त्यस्तो योजनालाई विवादरहित क्षेत्रमा कार्यान्वयन गर्ने नीति अवलम्व गरिनेछ ।
८२. रोहिणी गाउँपालिकाको आधुनिक प्रविधिमैत्री सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न गरिनेछ

८३. विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउन विद्युत प्राधिकरणसँग समन्वय गरी आवश्यकता अनुसार
ट्रान्सफर्मरको क्षमता वृद्धि, थप तथा लाईन विस्तार गरी सबै घरहरुमा र वस्तीहरुमा विद्युतीय सेवा पुर्याउने नीति लिइनेछ ।
८४. बैकल्पिक उर्जा समेतको प्रयोग गर्दै गाउँपालिकाका बजार क्षेत्रहरुमा उज्यालो रोहीणी कार्यक्रमलाई
निरन्तरता दिइनेछ ।
८५. मौसम तथा अन्य गतिविधीबाट क्षयीकरण हुने पूर्वाधार तथा ग्रामीण सडकहरुको मर्मत सम्भार
व्यवस्था गरिनेछ ।
८६. भैरहवा विशेष अर्थिक क्षेत्र (क्भ्श्) भित्र निर्माण भएका र अब निर्माण हुने भवनहरुको नक्सा पास कार्यलाई ब्यवस्थित रुपमा कार्यान्वयनमा ल्याइनेछ । उद्योग ब्यवसायलाई सहज बनाउन उक्त क्षेत्रभित्र निर्माण भएका र नयाँ निर्माण हुने भवनहरुको नक्सा पास प्रकृयालाई अझ बढी सहज र सहुलियतपूर्ण बनाउने नीति लिइनेछ ।
८७. गाउँब्लक नापी कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिइनेछ ।
८८. कम्तीमा १००० जना अटने बहुउद्देश्यीय सभाहल निर्माणका लागि जग्गा व्यवस्थापन, विस्तृत
अध्ययन प्रतिवेदन (म्एच्) र आवश्यक श्रोतको व्यवस्थापन गरिनेछ।
८९. रोहिणी गाउँपालिकाको ब्यवस्थित रुपमा विकास गर्न प्रदेश तथा संघीय सरकारसँग योजना माग गर्दा आवश्यकता अनुसार परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (म्एच्)तयार गरिनेछ

घ) वातावरण तथा विपद व्यवस्थापनः–
९०. प्राकृतिक तथा मानवीय कारणले हुने महामारी तथा विपदहरुको रोकथाम तथा न्यूननीकरणको लागि
पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभका कार्यक्रम सञ्चालन गर्न स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको व्यवस्थापन गरी प्रभावकारी रुपमा विपदको व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता
दिइनेछ। विपद् सामाग्री वितरणमा एकीकृत व्यवस्था गरिनेछ ।
९१. तुरिया खोलाले बर्षेनी खेतीयोग्य जमीन कटान गरिरहेको अवस्थामा विस्तृत परियोजना प्रतिवेदन
(म्एच्) तयार गरि आवश्यक बजेट बिनियोजनका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
ढद्द. पूर्वाधार विकासका क्रियाकलापहरु सञ्चालन गर्दा विपद् जोखिम संवेदनशीलतालाई केन्द्रविन्दुमा
राखी कार्यान्वयन गर्न सघाउ पुग्ने गरी डिजाइन तथा इष्टिमेट गर्ने व्यवस्था मिलाइनेछ ।
ढघ. हरियो रोहिणी कार्यक्रमलाई शुरुवात गर्न आद्युनिक नर्सरी स्थापनामा जोड दिई सार्वजनिक
जग्गा,ऐतिहासिक स्थलहरु,नदी किनार, नदी उकास, नहर तथा सडक किनारमा वृक्षारोपण कार्यक्रम
संचालन गरिनेछ यसबाट रोजगारीको सृजना हुनुका साथै वातावरण संरक्षणमा सघाउ पुग्नेछ।
ढद्ध. जलवायू परिवतर्नका असरहरुलाई न्युनिकरण गर्नका लागि अनुकुलन कार्यहरु गर्दै वातावरण संरक्षण
गर्ने नीति अवलम्वन गरिनेछ ।
ढछ. एक गाउँ एक पोखरी नीति अनुरुपको कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । धार्मिक तथा ऐतिहासिक
महत्व बोकेका पोखरीहरुको संरक्षण र सम्वर्द्धन तथा सुन्दरीकरण गर्ने नीति अपनाइनेछ ।
ढट. गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक स्थलहरुको संरक्षण र सम्वर्द्धनका लागि योजना बनाई
सरोकारवालाहरुको सहभागिता जुटाई वृक्षारोपणका कार्यक्रम क्रमशः सञ्चालन गरिनेछ
ढठ. रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाको सहकार्यमा सञ्चालन भएको
बरुणयन्त्र सञ्चालनको लागि आवश्यक कार्यक्रम अगाडि बढाइनेछ ।
ढड. विपद् आउन नदिन जनचेतना अभिवृद्धि गर्ने तथा विपद् आइपरेमा राहत,पुर्नस्थापना तथा उद्दार कार्य
गर्न विपद्व्वस्थापन कोषको माध्यमबाट उद्दार सामग्री सहितको व्यवस्था गरिनेछ
ढढ. गाउँपालिकाले स्थानीय विपद् व्यवस्थापन रणनीतिक प्रतिकार्य योजना तर्जुमा गरि विपद् न्यूनीकरण
गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
ज्ञण्ण्. फोहरमैला व्यवस्थापनको लागि सम्भाव्यता अध्यनन गरी उपयुक्त स्थानको पहिचान गरी
क्रमशः व्यवस्थित रुपमा कार्वान्वयन गर्दै लगिनेछ
ङ) सुशासन तथा संस्थागत विकास

ज्ञण्ज्ञ. कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखा वा इकाईको सेवा प्रवाहलाई
सूचना प्रविधिमैत्री बनाउदैलगिनेछ । सबै कर्मचारीहरुलाई कम्प्यूटरको आधारभूतज्ञान र सीपको
विकास गराईनेछ ।कार्यालयका सबै कागजी फाइललाई क्रमशः कम्प्यूटर प्रणालीमा लगि सुरक्षित
अभिलेखीकरण गरिनेछ ।
ज्ञण्द्द. गाउँपालिका र अन्तर्गतको बर्तमान संगठन संरचनालाई आवश्यकता र औचित्यको आधारमा
परिमार्जन गरि नयाँ संगठन संरचना निर्माण गरि सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ ।
ज्ञण्घ. बजेट योजना र नीतिहरुलाई कार्यान्वयन गर्न मध्यमकालीन खर्च संरचना (ःत्भ्ँ), दिगो
विकासका लक्ष्यहरु, लैङ्गिक उत्तरदायी बजेट र जलवायु अनुकुलन कार्ययोजनासँग आन्तरिकीकरण
गरिनेछ ।
ज्ञण्द्ध. स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन(ीक्ष्क्ब्) कार्यविधीले निर्दिष्ठ गरेका बिषयक्षेत्रहरु,
सूचक र मापदण्डहरुको प्रभावकारी कार्यान्यन गरि आ.व. २०७ठ÷७ड मा गाउँपालिकाले प्राप्त गरेका
प्राप्ताङ्क प्रतिशतलाई बढोत्तरी गर्दै लैजानका लागि आवश्यक नीति र कार्यक्रमहरु संचालन गरिनेछ ।
यसवाट गाउँपालिकाको संस्थागत क्षमता सुदृढ भइ सार्वजनिक सेवा प्रवाह स्वच्छ, सक्षम, प्रतिस्पर्धी,
निस्पक्ष, पारदर्शि, सुशासन युक्त र जनअपेक्षाअनुकुल भई सेवामा जनताको समान र सहज पहुँच
स्थापित हुनेछ ।
ज्ञण्छ. अनुत्पादक खर्चहरु कटौती गर्ने नीति अवलम्बन गरिनेछ। खरिद प्रकृयालाई पारदर्शी,
प्रतिस्पर्धी एवं मितव्यीताको लागि सार्वजनिक खर्चमा मितव्ययीता सम्बन्धी निर्देशिका २०७७ को
पालना गरिनेछ ।विद्युतीय बोलपत्रको अनुसरण गरिनेछ ।
ज्ञण्ट. खरिद तथा सम्पत्तिको अभिलेख व्यवस्थापनको लागि महालेखा नियन्त्रक कार्यालयले
कार्यन्वयनमा ल्याएको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली को(एब्ःक्)कार्यान्वयन गरिनेछ
ज्ञण्ठ. गाउँपालिकाले सम्पादन गरेका सम्पूर्ण कार्यसम्पादनहरुलाई समेटेर स्मारिका प्रकाशित गरिनेछ

ज्ञण्ड. “समयमा कर तिरौं गाउँपालिकाको विकासमा सहभागी बनौं“ भन्ने नारालाई सार्थक बनाउन करदाता
शिक्षा, कर सप्ताह जस्ता चेतनामूलक कार्यक्रम संचालन गरिनेछ ।
ज्ञण्ढ. विगतमा लागू गरिएका मालपोतका दरहरु सम्पतिकरका दररेट तथा व्यवसाय करका दरमा
समयानुसार वैज्ञानिक प्रणाली अवलम्वन गरिनेछ ।
ज्ञज्ञण्. हाल अनिवार्यरुपमा लागू गर्नुपर्ने सुत्र राजस्व प्रणाली पूर्णरुपमा कार्यान्वय तथा करदाताको
अभिलेखीकरण प्रणाली अद्यावधिक गरिनेछ ।
ज्ञज्ञज्ञ. प्राकृतिक श्रोत तथा नदीजन्य पदार्थहरुको उचित व्यवस्थापनगरी आन्तरिक राजस्व बढाउने तथा
करका दायराहरुबढाई गाउँपालिकाको आय श्रोत वृद्धि गर्दै लैजाने नीति अनुसरण गरिनेछ।
ज्ञज्ञद्द. जनताको सर्वोपरी हितलाई ध्यानमा राखी कानूनले अधिकार प्रदान गरेका न्यायीक कार्यलाई
व्यवस्थित विश्वास योग्य, पारदर्शी बनाउदै लगिने छ । मेलमिलापकको माध्यमबाट समाजमा
सामाजिक सहिष्णुता बढाउने विषयलाई जोड दिइनेछ ।
ज्ञज्ञघ. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी कार्यहरुलाई प्राथमिकता दिदै सवै किसिमका
अन्याय र अत्याचारको अन्त्यको लागि पहल गरिनेछ।
ज्ञज्ञद्ध. सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार गर्दै सूचना तथा सञ्चार प्रविधि विकासमा जोड
दिईनेछ ।

ज्ञज्ञछ. गाउँपालिकाले सम्पादन गरेका कामका सबै गतिविधिहरुलाई ध्भदकष्तभमा नियमितरुपमा प्रविष्ठ गरी
सबैको सूचना पाउने हकको सुनिश्चितता प्रदान गरिनेछ ।
ज्ञज्ञट. नियमित र प्रभावकारी बजार अनुगमनको माध्यमबाट गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता
हित संरक्षण सम्बन्धी कार्यहरु व्यवस्थित गरिनेछ ।
ज्ञज्ञठ. सार्वजनिक परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई जस्ता क्रियाकलापको माध्यमबाट
पारदर्शिता अभिवृद्धि गर्दै लगिनेछ ।
ज्ञज्ञड. सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी बनाउन नियमित रुपमा अडियो नोटिस बोर्ड सेवा वेवसाईट सेवा
सञ्चालन, डिजिटल नागरिक वडापत्र तथा सुचना पार्टी सञ्चालन, हाम्रो रोहिणी राम्रो रोहिणी
कार्यक्रम सञ्चालन तथा गाउँपालिकाको पाश्र्वचित्र प्रकाशन, लगायतका सूचना सामाग्रीहरूको
प्रकाशन तथा वितरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
ज्ञज्ञढ. योजना, जिन्सी लगायतका क्षेत्रमा क्रमशः सप्टवेयर मार्फत ब्यवस्थापन गर्ने, आवश्यक स्थानहरुमा
सि.सी.टि.भि क्यामरा जडान, सञ्चार माध्यमबाट विद्युतिय सिकाई, गाउँपालिकाका, वडा कार्यालय,
विद्यालयहरु, स्वास्थ्य संस्थाहरुमा क्रमशः ईन्टरनेट सुविधाको ब्यवस्थापन गर्दै जाने नीति लिइनेछ ।
ज्ञद्दण्. गुनासो सुनुवाई इकाईको व्यवस्था गरी जनगुनासोलाई समयमै व्यवस्थापन गर्ने कार्य गरिनेछ ।
ज्ञद्दज्ञ. सबै कर्मचारीहरुको कार्य विवरण ,काम,कर्तब्य र अधिकार तथा कार्य सम्पादन सम्झौता,
जिम्मेवारीमा हेरफेर गर्ने लगायतका विषयमा कार्यविधि बनाई कार्यान्वयन गरिने छ ।साविकको
स्थानीय निकायमा स्थायी नियुक्ति पाई हाल यस गाउँपालिकामा समायोजन भएका कर्मचारीहरुको
बृत्ति विकासको लागि आवश्यक कानून बनाई लागु गरिनेछ ।
ज्ञद्दद्द. कर्मचारी र राजनीति वीचको अन्तरसम्बन्धलाई सेवाप्रवाहसँग आवद्ध गरिनेछ। अन्तरसम्बन्धलाई
ब्यवस्थित गर्न जनप्रतिनिधीहरु र कर्मचारीहरूको काम कर्तब्य र अधिकारलाई अहस्तक्षेपकारी
तरीकाले समन्वयात्मक ढङ्गबाट गर्ने नीति अबलम्वन गरिनेछ
ज्ञद्दघ. आन्तरिक नियन्त्रण प्रणाली अवलम्वन गर्दै आन्तरिक तथा अन्तिम लेखा परीक्षण समयमै सम्पन्न
गराउदै बेरुजु फर्छ्यौट कार्यलाई प्राथमिकता दिइनेछ ।
ज्ञद्दद्ध. संघीय सरकार र प्रदेशसरकारसँगको सहकार्यमा सञ्चालन हुने योजनाको लागि समपुरक रकमको
ब्यवस्था गरिनेछ ।
ज्ञद्दछ. संघ, प्रदेशसँग समन्वयको आधारमा स्थानीय सरकार सँचालन हुनेछ । ठूला योजनाहरु संघ र प्रदेश
सरकारसँगको सहभागितामा सञ्चालन गर्ने नीति अबलम्वन गरिनेछ।
ज्ञद्दट. उत्कृष्ठ काम गर्ने कर्मचारी÷शिक्षक लाई पुरस्कार तथा सम्मानको ब्यवस्था गरिनेछ
ज्ञद्दठ. गाउँपालिका निवासी जनताको चेतना स्तर बढाउन विभिन्न चेतनामूलक कार्यक्ररमहरू सञ्चालन
गरिनेछ ।
ज्ञद्दड. स्थानीय सरकारलाई प्रभावकारी सञ्चालनका लागि आवश्यक पर्ने ऐन, नियम र कार्यविधि बनाइ कार्यान्वयन गरिनेछ ।

प्रकाशित मिति: २०२४-०७-३१ , समय : २२:५७:४० , ४ महिना अगाडि