नवलपरासीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

रुपन्देही खबर , ७४  पटक हेरिएको

परासी,साउन १४

पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्य कुमार बढईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

नवलपरासीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आफ्नै घरमा सुतिरहेका सूर्य कुमारलाई धारिलो हतियारले घाँटी रेटि अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने समूहको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो । 

सूर्य कुमार कक्षा १२ को परीक्षा दिएर बसेका थिए । उनको पिता बैदेशिक रोजगारीमा रहेको बताईएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालसहितको प्रहरी टोली खटिएको छ ।

हत्या किन र कसले गर्यो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल लगिएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ११:०८:१४ , ३ महिना अगाडि