जेसीआई सिद्धार्थ लेडी नेपालले २८ औँ स्थापना दिवस मनायो

रुपन्देही खबर , ५९  पटक हेरिएको

भैरहवा,साउन १२

जेसीआई सिद्धार्थ लेडी नेपालले आफ्नो २८ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ । संस्थाका सदस्य तथा स्थानीय समाजसेवीहरु र विभिन्न व्यक्तित्वहरुको सहभागितामा स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको जेसीआई सिद्धार्थ लेडी नेपालले जनाएको छ । कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण हुने एक छात्र र छात्रालाई  छात्रवृत्ति प्रदान गरिएको थियो ।

२४ वर्ष पछि आफ्नो अध्ययनलाई निरन्तरता दिई २०८० को एसइईमा उत्कष्ट नतिजा ल्याइ उत्र्तीण हुने सिद्धार्थ जेसीआई लेडी नेपालकी सदस्य बिमला बेलबासेलाई पनि सम्मान गरिएको छ ।

संस्थाकी अध्यक्ष किसन तिवारी दाहालले २८ औँ  स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सिद्धार्थ जेसीआई लेडी सामाजिक क्षेत्रमा संस्थाले खेलेको भुमिकाका विषयमा जानकारी दिनुभएको थियो ।

जेसीआई सिद्धार्थ लेडीले यो वर्ष सिद्धार्थ बालगृहमा खाद्यन्न वितरण, प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्जवलन, लोम अफिसर टे«डिङ, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अशक्त बिरामी र एकल महिलालाई आर्थिक सहयोग, टा«फिक तथा लागू औषध दुव्र्यसनी सम्बन्धी कार्यक्रम जस्ता विभिन्न सामाजिक कार्यक्रम गरेको अध्यक्ष किसन तिवारीले जानाकारी दिनुभएको थियो ।

प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले २८औँ स्थापना दिवसको शुभकामना दिदै सिद्धार्थ जेसीआई लेडीले खेलेको भुमिकाको प्रशंसा गर्नुभएको थियो । उहाँले सिद्धार्थ महिला जेसिजले महिलाहरुको नेतृत्व विकासमा नयाँ आयाम थपेको भन्दै आगामी दिनमा पनि शसक्त भएर लाग्न आग्रह गर्नुभयो । 

२८ औँ वर्ष पार गर्दै गर्दा यस संस्थाले विभिन्न व्यक्तिहरुको व्यक्तित्व विकास तथा  सामाजिक क्षेत्रमा गरेका कार्यहरुको विषयमा संस्थाका पूर्व अध्यक्ष बिनिता श्रेष्ठले जानकारी दिनुभएको थियो ।

उहाँले यो संस्थालाई स्थापित गर्नका लागि कठिन संघर्ष गर्नुपरेको भन्दै संस्थाका नयाँ पदाधिकारीहरुले यस प्रति ध्यान दिन आग्रह गर्नुभयो ।

१८ वर्ष देखि ४० वर्ष सम्मका महिला तथा पुरुषहरु सहभागी जेसिज नेतृत्व तथा क्षमता विकास गर्ने अन्तर्राष्ट्रिय संस्था भएकाले निस्वार्थहरु लाग्नेहरुले सामाजिक क्षेत्रमा सफलता पाउने स्थापना दिवसमा बोल्नेहरुले बताएका थिए । 

जेसीआई सिद्धार्थ लेडीले पनि महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेलको देखिन्छ । चुलो चौकामा सिमित भएका महिलाहरुलाई जेसीआई सिद्धार्थ लेडीको स्थापना पश्चात सामाजिक क्षेत्रमा क्रियाशिल बनाएको छ ।

जिल्ला सदमुकाम भैरहवामा कार्यालय रहेको यो संस्थाले यहाँका सरकारी कार्यालय, स्थानीय संघ संस्था, समाजिक अभियान्ता र व्यापार व्यवसायी गर्ने व्यक्तित्वहरु संगको सहकार्यमा सामाजिक कामहरु गर्ने गरेको छ ।

प्रकाशित मिति: २०२४-०७-२७ , समय : २१:१७:५६ , ३ महिना अगाडि