सन्तोष कुमार गुप्ता , १४२ पटक हेरिएको
भालुवाङ, साउन ९
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्नु हुँदै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययाेजना लागू गर्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।
राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशकाे औचित्य पुष्टि गर्ने गरि काम गर्न प्रतिबद्ध रहेकाे बताउनु भएको छ । याे गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारकाे अनुभुती गर्नेगरी काम गर्ने बताउनु भएको छ ।
केही दिनभित्र मन्त्रीहरुकाे कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने जानकारी गराउनु भयाे । पदभार ग्रहण पछि प्रमुख सचिव, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनाेबलका साथ जनताकाे पक्षमा काम गर्न निर्देशन दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : १३:४९:३६ , ४ महिना अगाडि