रुपन्देही खबर , ३२६ पटक हेरिएको
बुटवल, साउन ९
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिनु भएको छ। बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिनु भएको हो ।
संसदीय दलका नेता तथा पार्टी पोलिट्ब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको थियो।
गिरीले दलको उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय आएपछि नै दलको नेताबाट राजीनामा दिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्नु भएको थियो । जवाफमा ओलीले तपाईंलाई न्याय हुन्छ राजीनामा नदिनुस् भनेपछि मंगलबार अबेरसम्म रोकिनु भएको र मंगलबार राजीनामा पठाएको गिरी निकट श्रोतले जानकारी दियो।
गिरीसँगै प्रमुख सचेतक तुलसी चौधरीले पनि राजिनामा दिनु भएको छ। दलको नेताले राजीनामा दिएमा प्रमुख सचेतक पनि स्वतः हट्ने वैधानिक व्यवस्था छ।
गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिनु हुन्छ भने मुख्यमन्त्री नियुक्त हुनु भएको आचार्य महासचिव शंकर पोखरेल निकट मानिनु हुन्छ ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : १०:४३:१६ , ४ महिना अगाडि