रुपन्देही खबर , १८२ पटक हेरिएको
बुटवल,साउन ८
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गलत कामधन्दा गर्ने केही व्यक्तिका कारण राजनीतिप्रती बितृष्णा बढदै गएकाे बताउनु भएकाे छ । थकाली सेवा क्षेत्रीय समिति बुटवलले आज मंगलबार बुटवलमा आयाेजना गरेकाे प्रदेश प्रमुखकाे बिदाई पूर्वकाे कार्यक्रममा बाेल्दै उहाँले शक्तिमा पुग्नेहरूले जनताप्रति बेईमानी गरेका कारण असल राजनीतिज्ञहरूले शीर झुकाउनु परेकाे बताउनुभयाे ।
प्रमुख शेरचनले भन्नुभयाे ” सबैलाई गलत नजरले नहेराै , शक्तिमा पुगेका थाेरैले बदनाम गरेका छन । तिनलाई सजाय दिने मतदानबाट हाे । ” उहाँले राजनीतिबिना कुनै पनि देश र जनताको उन्नति र बिकास संभव नभएकाे उल्लेख गर्नुभयाे । जनताकाे सुख दुखमा साथ दिने मात्र राजनीतिज्ञ हुनेमा जाेड दिदै प्रदेश प्रमुख शेरचनले राजनीति आफैमा खराब नभएकाे बताउनुभयाे ।
देशमा भ्रष्टाचारका कान्ड छिनाेफानाे गर्नुकाे सट्टा लुकाउन खाेजिएकाे भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष लाल बहादुर गाैचनकाे अध्यक्षतामा भएकाे थियाे ।
प्रकाशित मिति: २०२४-०७-२३ , समय : १९:५३:०९ , ४ महिना अगाडि