नेकपा एमालेका नेता आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

रुपन्देही खबर , २३५  पटक हेरिएको

बुटवल, साउन ७

नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । नेपाली कांग्रेस र एमालेका ५६ जना सांसदहरुको समर्थनसहित दाबी पेस गर्नु भएको आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले आज सोमबार अपराह्न मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।

नेकपा (माओवादी  केन्द्र) संसदीय दलका नेतासमेत रहनु भएको मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिनु भएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिनु भएको थियो ।

कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, प्रमुख सचेतक जन्मजय तिमिल्सिना, एमाले संसदीय दलका प्रमुख समेतक तुलसी चौधरी सहित प्रदेश प्रमुख कार्यालय पुग्नु भएको आचार्यले आज सोमबार अपराह्न ४ बजे मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो ।
प्रदेश प्रमुख शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो ।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : १७:३४:४९ , ४ महिना अगाडि