सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने: मन्त्री भट्टराई

रुपन्देही खबर , १३१  पटक हेरिएको

काठमाडौं, साउन ७

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनु भएको छ ।

मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक दुईदिने गोष्ठीमा उहाले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाले  सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भएको छ ।

उहाले भन्नु भयो , ‘शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ, सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ, यो क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत हुनुपर्छ।’ 

प्रकाशित मिति: २०२४-०७-२२ , समय : १७:२२:३३ , ३ महिना अगाडि