लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

रुपन्देही खबर , २३९  पटक हेरिएको

बुटवल , साउन ७

नेकपा एमाले पार्टी भित्रको पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ ।स्रोतअनुसार पहिलो चरणमा लिला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो । उपनेता भन्ने पद अन्य प्रदेशमा छैन । लुम्बिनीमा सुरुमा दल नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति अनुसार मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएको एमाले नेताहरुको भनाई छ । गिरी यस अघि मुख्यमन्त्री भइसक्नु भएको छ ।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य आचार्य यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हुनुहुन्थ्यो । त्यसपछी एमाले नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री हुनु भएको थियो ।  माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको थियो ।

लुम्बिनी प्रदेशमा क्षमतावान नेताको पहिचान बनाउनु भएको आचार्य नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता हुनुहुन्छ ।

२०७९ को निर्वाचनमा चौतर्फी घेराबन्दी बीच नेकपा एमालेलाई अर्घाखाँचीमा पहिलो पार्टी बनाई देशभर चर्चा कमाएका आचार्य ग्रासरुट बाट उठेको नेता हुनुहुन्छ ।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : १४:५०:०४ , ४ महिना अगाडि