लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि नेता गिरीले आज दाबी पेस गर्नुहुदै

सन्ताेष कुमार गुप्ता , १८६  पटक हेरिएको

बुटवल,साउन ७

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता लिला गिरीले आज दाबी पेस गर्न लाग्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्न लाग्नु भएको हो।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनीमा अल्पमत पर्नु भएको मुख्यमन्त्री महराले आइतबार संसदलाई सम्बोधन गरेर राजिनामा दिएपछि प्रमुख शेरचन नयाँ सरकार गठनका लागि अह्वान गर्नु भएको छ । अब लुम्बिनीमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ ।

आज सोमबार साँझ साढे ६ बजेसम्मका लागी समय तोकिएकाले आज नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले-कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई समेत तयारी रहन खबर गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि पहिलो चरणमै सरकारलाई पूणर्ता दिएर अगाडि बढ्ने सहमति गरिएको बताउनु भएको छ । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताउनु भयो।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीका अनुसार अन्य साना दलहरुलाई समेत सरकारमा सहभागी गराउने योजना रहेको छ । प्रदेशसभामा ८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति: २०२४-०७-२२ , समय : ०९:५१:०७ , ३ महिना अगाडि