लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

रुपन्देही खबर , १७८  पटक हेरिएको

काठमाडौं, साउन ६

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । आइतबार उहाले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री महराले राजीनामा दिनु भएको हो ।

उहाले अल्पमतमा परेपछि अगाडि नै राजीनामा दिने तयारी भएपनि असार मसान्तसम्म बस्नैपर्ने बाध्यताका कारण बसेको बताउनु भएको छ । ‘असार मसान्तसम्म बस्नै पर्थ्यो। साउनको १ गतेदेखि नै तम्तयार थिएँ,’ उहाले भन्नु भयो ।

महराले नयाँ सरकार चाँडै बनाउन पनि एमाले र कांग्रेसलाई सुझाव दिनु भएको छ । कामचलाउनमा एकछिन पनि बस्न सक्दिनँ। छिटो सरकार बनाएर कामलाई अगाडि बढाउनुस्,’ उहाले भन्नू भयो। ‘सबैलाई आभार व्यक्त गर्दै आजकै मितिदेखि लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्छु।

प्रकाशित मिति: २०२४-०७-२१ , समय : १६:२४:४२ , ४ महिना अगाडि