रुपन्देही खबर , १८२ पटक हेरिएको
मणिग्राम,साउन ४
हरिशयनी एकादशी एवम् चतुर्मास आरम्भका अवसरमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रम मणिग्रामका बटुकहरूलाई फलफूल वितरण तथा डस्टविन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ तिलोत्तमा स्टार्सका अध्यक्ष लायन विना पौडेल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा ३० जना बटुकहरूलाई फलफूल, चम्सुर लगायतका फलाहार सामाग्री र वैदिकाश्रमका लागि बुधबार डस्टविनहरू वितरण गरिएको क्लबका संस्थापक अध्यक्ष लायन लक्ष्मी थापाले जानकारी दिनुभयो ।
क्लबका सचिव एवम् कार्यक्रम संयोजक लायन दीपा पाण्डे गौतमको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक ३२५ पी एरिया ३ का चिफ लायन शान्ति पाठक पाण्डे, वेदमूर्ति बालगुरू विष्णु कश्यप, वैदिकाश्रमका उपाध्यक्ष दयाराम पाठक, शुभयात्रा नेपाल रूपन्देहीका अध्यक्ष मुक्तिनाथ गैह्रे लगायतले कार्यक्रमबाट आफूहरू अत्यन्त प्रभावित भएको बताउनुभयो ।
क्लबका उपाध्यक्ष लायन रमेशकुमार पराजुलीको स्वागतमा भएको स्थानीय मातृशक्ति समूहको सक्रियतामा बटुकहरूका स्वस्तिवाचन सहित भजनकीर्तन सञ्चालन गरिएको क्लबका द्वितीय उपाध्यक्ष लायन प्रतीक पाण्डेले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १३:३७:२१ , ४ महिना अगाडि