त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये १७ जनाको शव फेला

रुपन्देही खबर , २३६  पटक हेरिएको

काठमाडौँ, साउन २

६ दिनअघि चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनु भएको छ । 

उहाका अनुसार सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् । सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन ।

उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।  खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिए पनि दुई बस अझै फेला पर्न नसकेको हो । 

प्रकाशित मिति: २०२४-०७-१७ , समय : १०:४०:३२ , ३ महिना अगाडि